एजेन्सी–नोभेल कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको सख्या विश्वभर १० दश लाख १४ हजार ६ सय ७३ पुगेको छ भने ज्यान गुमाउनेको संख्या ५२ हजार ९ सय ७३ पुगेको छ। उपचारपछि निको भएर फर्कनेको संख्या २ लाख १० हजार ३ सय ३५ पुगेको छ।
विश्वका करिब २ सय देश र राज्यमा फैलिएको यो भाइरसको सबैभन्दा बढी मार युरोप र अमेरिका परेको छ। युरोपका इटाली, स्पेन, जर्मनी, फान्स र बेलायत यसबाट नराम्रोसँग प्रभावित भएको छ। त्यस्तै मध्यपूर्वको इरान पनि यसको चपेटामा रहेको छ।
चीनको वुहानबाट सुरु भएको भाइरस अहिले सबैभन्दा धेरै अमेरिकामा फैलिएको छ। अमेरिकामा कुल संक्रमितको संख्या २ लाख ४४ हजार ६ सय ७८ जना पुगेको छ। यो संख्या विश्वभर निको भएर फर्केका मानिसको भन्दा धेरै हो।
अहिले अमेरिकामा चीनको भन्दा तेब्बर बढी संक्रमित भएका छन्। जोन्स हप्किन्स युनिभर्सिटीले प्रस्तुत गरेको तथ्याङ्कअनुसार बिहीबारसम्म अमेरिकामा संक्रमितको संख्या साढे दुई लाख नजिक पुगेको छ।
यस भाइरसबाट मृत्यु हुनेको संख्या अमेरिकामा ६ हजार नजिक पुगेको छ । कोरोना भाइरस संक्रमितको संख्यामा अमेरिकापछि इटाली, स्पेन हुँदै अर्को युरोपेली राष्ट्र जर्मनीले पनि चीनलाई उछिनेको छ। जर्मनीमा संक्रमितको संख्या ८४ हजार ७ सय भन्दा उँभो लागेको छ। चीनमा करिब ८२ हजार ४ सय संक्रमित रहेका छन्। अमेरिकापछि धेरै संक्रमित रहेको इटालीमा १ लाख १५ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ। त्यसैगरी स्पेनमा १ लाख १२ हजारभन्दा धेरै संक्रमित देखिएका छन्।
यस भाइरसबाट मृत्यु हुनेको संख्यामा भने इटाली पहिलो नम्बरमै छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो आँकडाअनुसार इटालीमा हालसम्म १३ हजार ९ सय भन्दा धेरैले ज्यान गुमाएका छन्।
त्यसपछि स्पेनमा १० हजार ३ सयभन्दा धेरैको मृत्यु हुँदा जर्मनीमा करिब ११ सयको मृत्यु भएको छ। करिब ६० हजार संक्रमित रहेको फ्रान्समा भने करिब ५ हजार ४ सयले यस भाइरसका कारण ज्यान गुमाएका छन्।
भारतमा पनि पछिल्ला दिनमा संक्रमणको दर बढिरहेको छ। हालसम्म २५ सयभन्दा धेरै संक्रमित भेटिसकेका छन्। मृत्यु हुनेको संख्या ७२ पुगेको छ।
टप १५ देश
देश संक्रमित मृत्यु निको
अमेरिका २,४४,६५७८ ६०७५ ९,००१
इटाली १,१५,२४२ १३,९१५ १८,२७८
स्पेन १,१२,०६५ १०,३४८ २६,७४३
जर्मनी ८४,७९४ १,१०७ २२,४४०
चीन ८२,४३३ ३,३२२ ७६,५६५
फ्रान्स ५९,९२९ ५,३९८ १२,५४८
इरान ५०,४६८ ३,१६० १६,७११
बेलायत ३४,१७३ २,९२६ १९२
स्वीट्जरल्याण्ड १८,८२७ ५३६ ४,०१३
टर्की १८,१३५ ३५६ ४१५
बेल्जियम १५,३४८ १,०११ २,४९५
नेदरल्याण्ड १४,७७८ १,३४१ २६०
क्यानडा ११,२८४ १३९ १,७३५
अस्ट्रिया ११,१२९ १५८ १,७४९
दक्षिण कोरिया ९,९७६ १६९ ५,८२८
भारत २,५४३ ७२ १९१
नेपाल ६ ० १
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।