एजेन्सी–कोरोना भाइरसबाट अमेरिकामा मृत्यु हुनेको संख्या ५ हजार ९ सय नाघेको छ। अमेरिकी समाचार संस्था सीएनएनका अनुसार अमेरिकामा २ लाख ४३ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्।
अमेरिकामा बिहीबार एकैदिन ९६८ जनाको मृत्यु भएको छ भने २८ हजार नयाँ संक्रमित थपिएका छन्। यस्तै, ९ हजार संक्रमित निको भएका छन्।
सबैभन्दा बढी प्रभावित न्यूयोर्क राज्यमा मात्रै ९२ हजार ३ सय ८१ संक्रमित देखिएका छन् भने न्यूयोर्क सिटीमा ५१ हजार ८ सय ९ जनामा संक्रमण देखिएको छ। उक्त राज्यमा २ हजार ४ सयभन्दा बढीको मृत्यु भएको छ।
न्यूयोर्क राज्यमा करिब ९ हजार ७ सय ७५ जना अस्पताल भर्ना भएका छन्।
संक्रमण अमेरिकाका ५० वटै राज्यमा फैलिइसकेको छ। जसमध्ये न्युजर्सीमा २५ हजार ५ सय ९० जनामा संक्रमण र ५ सय ३७ मृत्यु भएको छ भने कनेक्टिकटमा ३ हजार ५ सय ५७ जनामा संक्रमण देखिएको छ भने ८५ जनाको मृत्यु भइसकेको छ।
यसैबीच, न्यूयोर्कका गभर्नर एन्ड्रयु कुओमोले ६ दिनमा राज्यमा भेन्टिलेटर अभाव हुने बताँएका छन्। बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले हाल दैनिक ३ सय ५० वटा भेन्टिलेटर आवश्यक भइरहेकाले राज्यमा भएको भेन्टिलेटरले ६ दिनमात्र धान्ने बताए। उनले अब एउटा भेन्टिलेटर एकभन्दा बढी बिरामीलाई प्रयोग गर्नुपर्ने अवस्था रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।