काठमाडौं- कोरोना संक्रमणको सबैभन्दा क्षति इटालीमा देखिएको छ। त्यहाँ संक्रमणबाट ज्यान गुमाउनेको संख्या दैनिक बढिरहेको छ।
शुक्रबार बिहान सबा ६ बजेसम्म इटालीमा १३ हजार ९ सय १५ जनाले ज्यान गुमाएका छन्।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित तथ्यांक अनुसार, इटालीमा कुल एक लाख १५ हजार २ सय ४२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै, १८ हजार २ सय ७८ जना उपचारपछि निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।