एजेन्सी-तीन महिना अगाडि चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण १० लाखमा पुगेको छ।
शुक्रवार विहानसम्मको तथ्यांक अनुसार यो संक्रमण १ सय ८१ देशमा पुगिसकेको छ भने ५२ हजारको ज्यान गईसकेको छ।
सबैभन्दा धेरै संक्रमित अमेरिकामा भएका छन्। अमेरिकामा संक्रमितको संख्या २ लाख ३८ हजार पुगिसकेको छ।
इटालीमा १ लाख १५ हजार र स्पेनमा एक लाख १२ हजार संक्रमित भएका छन्। जर्मनीमै ८४ हजार संक्रमित पुगिसकेका छन्।
स्पेनमा बिहीबार एकै दिन ९ सय ५० जनाको मृत्यु भयो। विश्वमा एकै दिन कोरोना भाइरस संक्रमणका कारण मारिएकाहरुको संख्या यो सबैभन्दा धेरै हो।
बिबिसीका अनुसार स्पेनमा प्रत्येक दिन ८% को दरले संक्रमित बढेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।