काठमाडौं- समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकारलाई अख्तियारको दायरामा नपर्ने भएकाले मेडिकल सामग्रीका लागि सेनालाई अघि सारेको भनी प्रश्न गरेका छन्।
बिहीबार एक ट्वीट गर्दै उनले चीनबाट स्वास्थ्य सामग्री किन्नका लागि वाणिज्य‚ आपूर्तिलगायतका निजामति निकाय भएर पनि सेनालाई किन अघि सारिएको भनी प्रश्न गरेका छन्। उनले ट्वीटमा भनेका छन्‚ ‘भाइरस मार्ने बन्दुक र गोलीले हैन होला! अनि सरकारले किन चीनबाट स्वास्थ्य सामग्री किन्न सेनालाई अघि सारेको होला? के वाणिज्य,आपूर्तिलगायतका निजामति निकाय छैनन्? जी-टू-जी विधिबाट पहिल्यै किन नल्याएको? के सेना अख्तियारको दायरामा पर्दैन भनेर हो? चोरको खुट्टा काट् भन्दा किन खुट्टा तानेको?’
हालै चीनबाट खरिद गरी ल्याएको मेडिकल सामग्रीमा अनियमतिता भएको भन्दै व्यापक आलोचना भएपछि सरकारले बुधबार मेडिकल सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।