काठमाडौं- बागमती प्रदेशको राजधानी हेटौंडामा पनि शुक्रबारदेखि कोरोना भाइरस परीक्षण सुरु हुने भएको छ।
हैटौंडामा स्थापना गरिएको ल्याबमा जडान गरिएको मेसिनको परीक्षण सफल भएकाले शुक्रबारदेखि परीक्षण सुरु हुने सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिए।
प्रयोगशालाको थप मर्मत गरी पूर्ण रुपमा सुरक्षित रुपमा परीक्षण हुने मन्त्री दुलालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।