काठमाडौं- नेपालमा थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले नियमित रुपमा आयोजना गर्ने मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नेपालमा छैठौं कोरोना संक्रमित भेटिएको पुष्टि गरेका हुन्।
उनीहरु तीनै जना चैत ४ गते कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएका हुन्।
बेल्जियमबाट नेपालमा आएपछि उनी बागलुङ पुगेकी थिइन्। बाग्लुङस्थित घरमै क्वारेन्टाइनमा रहेकी उनलाई ज्वरो आएपछि कोरोना आशंका गरिएको थियो।
त्यसपछि उपचारका लागि काठमाडौं ल्याइएको थियो। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोथ अस्पतालमा उनलाई भर्ना गरेर उपचार थालिएको थियो।
जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणले उनमा कोरोना संक्रमण रहेको पुष्टि गरेको हो।
योसँगै नेपालमा कोरोना संक्रमण देखिनेको संख्या ६ पुगेको छ।
स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।
संक्रमितको विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए।
उनका अनुसार नेपालमा बिहीबार सवा ४ बजेसम्म ११८४ जनाको कोरोना परीक्षण भइसकेको छ। ४३ जनाको विभिन्न प्रयोगशालामा भइरहेको छ।
बुधबार दिउसो सवा ४ बजेसम्म नेपालमा १ हजार १ सय ३३ जनामा कोरोना परीक्षण गरिएको थियो। नेपालमा हालसम्म पाँच जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो। आज संक्रमितको संख्या थपिएसँगै यो संख्या बढेर ६ पुगेको हो।
यसअघि संक्रमण देखिएका सबैको स्वास्थ्य सामान्य रहेको डा देवकोटाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।