काठमाडाैं- राष्ट्रिय मानव अधिकार आयाेगले सीमा क्षेत्रमा नेपाली नागरिक अलपत्र परेकाे विषयमा गम्भीर ध्यानार्कषण भएकाे जनाएकाे छ। आयाेगले काेराेना भाइरसका कारण विदेशमा समस्या भएर स्वदेश फर्किँदा नेपाल-भारत सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुकाे आवश्यक स्वास्थ्य परीक्षण गरी निश्चित मापदण्ड अनुरुप स्वदेशमै बस्ने वातावरण मिलाउन सरकारसँग आग्रह गरेकाे छ।
आयोगका सचिव बेद भट्टराईले बिहीबार जारी गरेकाे विज्ञप्तीमा भनिएकाे छ, ‘कोभिड १९ ले गर्दा विश्वभरि नै महामारी फैलिरहेको र यस्तो अवस्थामा आफ्ना नागरिकको सुरक्षा र आधारभूत मानव अधिकारको सम्मान गर्नु हरेक राष्ट्रको कर्तव्य हुन आउँछ।'
सरकारले यथासक्य छिटाे आवश्यक स्राेत र साधानकाे प्रयाेग गरी सम्बन्धित निकायबीच समन्वय गरेर समस्याकाे समाधान गर्ने आयाेगकाे अपेक्षा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।