काठमाडौं- कोरोना भाइरस रोग संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल आयल निगमले ५० करोड रुपैयाँ सहयोग गरेको छ। नगमले बिहीबार विज्ञप्ति जारी गर्दै यस्तो प्रधानमन्त्री तथा मन्त्रिपरषद्को कार्यालयलाई ५० करोड रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको जानकारि दिएको हो।
चैत १९ मा बसेको निगम संचालक समितिको बैठकले निर्णय गर्दै सरकारले स्थापना गरेको कोषमा ५० करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो।
'निगमको कर्तव्य र दायित्वलाई निरन्तरता दिँदै नेपाल सकरारले खडा गरेको कोषमा ५० करोड रुपैइँ सहयोग गर्ने निर्णय भएकाले सोही बमोजिम चैत २० गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई चेक हस्तान्तरण गरिएको छ,' निमगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
निगमले विगतमा पनि संस्थागत उत्तरदायित्व बोच गरी राहत तथा सहयोग गर्दै आएको पनि स्मरण गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।