काठमाडौं–सरकारले लकडाउन घोषणा गरेसँगै अलपत्र परेका नेदरल्यान्ड्सका १५३ नागरिकको उद्दार भएको छ। मलेसिया एयरलाइन्सको बोइङ ७३७ चार्टर उडानमार्फत् उनीहरुलाई स्वदेश लगिएको हो।
काठमाडौंस्थित नेदरल्यान्ड्स दूतावासले देशका विभिन्न भागबाट उद्धार गरी उनीहरुलाई काठमाडौं ल्याएको थियो।
यसअघि अस्ट्रेलिया तथा अमेरिकाले पनि चार्टर उडानमार्फत् आ–आफ्ना देशका नागरिकलाई स्वदेश लगिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।