एजेन्सी–फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुर्तेतेले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न लुजन प्रान्तमा जारी गरिएको एक महिना लामो लकडाउन उल्लंघन गर्नेलाई गोली हान्ने चेतावनी दिएका छन्।
उनले बुधबार अबेर टेलिभिजनमा सम्बोधन गर्दै लकडाउन उल्लंघन गरेर समस्या सिर्जना गर्ने जोकोहीलाई गोली हान्न प्रहरी र सेनालाई निर्देशन दिइएको बताएका हुन्।
उनले भने, ‘स्वास्थ्य कार्यकर्ता र डाक्टरलाई क्षति नपु¥याऊ, किनभने यो गम्भीर अपराध हो, यदि कसैले समस्या सिर्जना गर्छ भने गोली हानेर मार्न सेना र प्रहरीलाई म आदेश दिन्छु।’
उनले सरकारलाई कम नआँक्न र चुनौती नदिन पनि चेतावनी दिए ।
मनिलाको क्युजेन सहरका सुकुम्बासीले राहतको माग गर्दै राजमार्गमै प्रदर्शन गरेपछि डुर्तेतेको यस्तो चेतावनी आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।