एजेन्सी–ग्रामी अवार्ड विजेता विश्वप्रसिद्ध गायक एवं गीतकार एडम स्लेसिंगरको कोरोना संक्रमणका कारण निधन भएको छ। उनी ५२ वर्षका थिए। ब्यान्ड ‘फाउन्डेसन अफ बेन’ सँग काम गरेर परिचित भएका यी गायकको बुधबार न्युयोर्कमा निधन भएको हो।
१९९०को दशकमा स्थापना भएको यो ब्याण्ड स्टेस्यासी मम र हे जुलीजस्ता गीतका कारण विश्वभर चर्चित भएको थियो । स्लेसिंगरले अमेरिकी टिभी शो ‘क्रेजी एक्स गर्लफ्रेन्ड’ कार्यक्रमका लागि पनि संगीत दिएका थिए। यो युवापुस्तामाझ चर्चित टेलिभिजन कार्यक्रम हो। उनको संगीत एमि अवार्डका लागि पनि छनोट भएको थियो। अमेरिकी पप ब्याण्ड ड्यासबोर्ड कन्फेशनले उनको मृत्यु भएको पुष्टि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।