काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य बिष्णु रिजालले कोरोना रोकथाम तथा नियन्त्रण सम्वन्धी उच्च स्तरीय समितिका संयोजक ईश्वर पोखरेलले सञ्चार माध्ययममा दिएको जवाफप्रति असन्तुष्टि जनाएका छन्।
नेता रिजालले ट्विटमार्फत पोखरेलतर्फ संकेत गर्दै लेखेका छन्, ‘जिम्मेवार ठाउँमा बसेकाहरूले मिडियासँग बोल्दा ओठे जवाफ होइन, तर्कसंगत कुरा गर्नुपर्छ।’
बिहीबार नयाँ पत्रिकामा प्रकाशित अन्तर्वार्तामा उच्चस्तरीय समितिमा रहेका पोखरेलले विवादित बनेको मेडिकल सामाग्री खरिद प्रक्रियाको सम्पूर्ण जिम्मेवार स्वास्थ्य विभागका महानिर्देशक महेन्द्र श्रेष्ठलाई थोपरिदिएका दिए।
पोखरेलले खरिद र रद्द महानिर्देशकले गरेकाले जवाफ उतै खोज्न सुझाएका छन्। पोखरेलको उक्त अभिव्यक्तिप्रति नेकपाकै नेता रिजालले मिडियासँगको संवाद नागरिकसँगको संवाद समेत भएकाले जिम्मेवार बन्न आग्रह गरे।
जिम्मेवारीमा बसेर सबै जिम्मा कर्मचारीले लिइदिने भए विभिन्न फुर्का जोडेका नेताहरु सरकारमा किन चाहिन्थे र? उनले पोखरेललाई प्रश्न गरेका छन्। पोखरेललाई उनको सुझाव छ, ‘निर्णय गरौं, त्यसको जिम्मा लिऔं, दोष पन्छाएर पानीमाथिको ओभानो नबनौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।