काठमाडौं- कोरोना संक्रमण विश्वव्यापी भइरहेको बेला तीन वटा देशमा भने लाखभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
कोरोना संक्रमणको पछिल्लो केन्द्र बनिरहेको अमेरिकामा मात्रै २ लाख १३ हजार ३ सय ७२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित बिहीबार बिहानको तथ्यांक अनुसार, इटालीमा १ लाख १० हजार ५ सय ७४ जनालाई कोरोना पुष्टि भएको छ।
लाखभन्दा बढी कोरोना संक्रमण पुष्टि हुने अर्को देश स्पेन हो। त्यहाँ १ लाख ४ हजार १ सय १८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
कोरोना संक्रमणबाट ज्यान गुमाएको सर्वाधिक संख्या भने इटालीमा छ। त्यहाँ १३ हजार १ सय ५५ जनाले ज्यान गुमाएका छन्।
इटालीपछि स्पेनमा धेरैले ज्यान गुमाएका छन्। त्यहाँ ९ हजार ३ सय ८७ जनाले ज्यान गुमाएका छन्।
कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ हजार नाघ्यो
कोरोना भाइरस (कोभिड-१९) बाट ज्यान गुमाउनेको संख्या ४२ हजार ७५ पुगेको छ।
बिहीबार बिहानको तथ्यांक अनुसार, विश्वभर ९ लाख ३२ हजार ६ सय ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, १ लाख ९३ हजार २ सय ५९ जना उपचारपछि निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।