एजेन्सी–कोरोना भाइरसबाट संक्रमित भएर घरमा आइसोलेसनमा बस्ने नागरिकका गतिविधि निगरानी गर्न रुसले एप बनाएको छ। सो एपले कोरोना भाइरस संक्रमितका गतिविधि निगरानी गर्नेछ भने सरकारी अधिकारीले उनीहरुले सरकारी निर्देशन पालना गरे या गरेनन् भन्ने अनुगमन गर्नेछन्।
बीबीसीका अनुसार सो एपले प्रयोगकर्ताको मोबाइल कल,क्यामरालगायतका सबै डाटामा प्रवेश गरेर गतिविधि निगरानीमा राख्नेछ। एप कार्यान्वयनमा ल्याएसँगै रुसले केही क्षेत्रमा मदिरा बिक्रीमा समेत नियन्त्रण गरेको छ। सरकारले केही क्षेत्रमा लकडाउन अवधिभर मदिरा बिक्रीमा पूर्ण प्रतिबन्ध लगाएको छ।
रुसमा २ हजार ७ सय ७७ कोरोना भाइरसका संक्रमित फेला परेका छन् भने ४ जनाको मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।