काठमाडौं– विभिन्न स्थानमा सुपरमार्केट सञ्चालन गरिरहेको सेल्सबेरी ब्रान्डले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता गरेको छ। बुधबार कम्पनीका संस्थापक श्री सुशीलमान प्रधानांगले यस्तो घोषण गरेका हुन्।
विश्वव्यापी रूपमा फैलिरहेको कोभिड(१९ ले मानव जाति नैं निरी भएको भन्दै सरकारले स्थापना गरेको कोषबाट सबैलाई उपचार गर्न सकियोस् भन्ने उद्देश्यले कोषमा रकम जम्मा गर्न लागिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सेल्सबेरी लकडाउनको समयमा पनि घर घरमा अत्यावश्यक सामान सुरक्षित तरिकाले आपूर्ति गरी सेवा प्रवाह गरीरहेको छ।
कोषमा रकम जम्मा गर्नु व्यवसायिक कम्पनीको सामाजिक उत्तरदायित्व भएको समेत कम्पनीले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।