काठमाडौं- फ्रेन्च क्लब मार्सेइका पूर्वअध्यक्ष पेप डियुफको कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण मृत्यु भएको छ। ६८ वर्षका उनको मृत्युको कारण कोरोना संक्रमण रहेको क्लबले पुष्टि गरेको छ।
सेनेगलका डियुफ २००५ देखि २००९ सम्म मार्सेइमा अध्यक्ष थिए। जतिबेला मार्सेइ दुईपटक लिग वानमा दोस्रो स्थानमा थियो भने दुई पटक फ्रेन्च कपको फाइनलमा पनि पुगेको थियो।
२०१० मा मार्सेइले १८ वर्षमा पहिलो पटक लिगको उपाधिसमेत जितेको थियो।
‘पेप मार्सेइको मनमा सधैँ रहिरहने छन्। इतिहासमा उनको नाम क्लबको एक मुख्य निर्माणकर्ताको रुपमा लिइने छ’ मार्सेइको ट्वीटमा लेखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।