काठमाडौं- सातै प्रदेश सरकारले स्थापना गरेका कोरोना भाइरस रोग नियन्त्रण तथा उपचार कोषमा नेपाल बैंक लिमिटेडले पाँच पाँच लाख सहयोग गर्ने भएको छ। बैंकले विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेश सरकारको कोषमा ५-५ लाखका दरले हुन आउने ३५ लाख रकम आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए।
बैंकले यसअघि देशमा कोरोना भाइरसको सम्भावित संक्रमण, रोकथाम र नियन्त्रणका लागि संघीय सरकारबाट भएको पहलकदमीलाई साथ दिन संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक करोड रकम आर्थिक सहयोग प्रदान गरेका थियो।
योसँगै कोरोना भाइरस संक्रमण रोकथाममा बैंकको तर्फबाट कूल एक करोड ३५ लाख योगदान भएको प्रवक्ता अधिकारीले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।