पेरिस- विश्वभर फैलिएको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या बढिरहेको छ। फ्रान्समा पनि कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या प्रतिदिन वृद्धि भइरहेको छ।
फ्रान्सको स्वास्थ्य सेवा विभागका अनुसार २४ घन्टामा ४ सय ९९ जनाले ज्यान गुमाएका छन्। जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार फ्रान्समा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ५ सय २३ पुगेको छ।
यी सबै मृत्यु अस्पताल आएका बिरामीहरुको हो। फ्रान्समा महामारी सुरु भएपछिको पहिलो पटक यतिको संख्यामा अस्पतालमा मानिसले ज्यान गुमाएका हुन्। २४ घन्टामा कोरोना भाइरस संक्रमितको संख्या ४४ हजार ५ सय ५० बाट वढेर ५२ हजार १ सय २८ पुगेको छ।
जोन हप्किन्स विश्वविद्यालयका अनुसार फ्रान्स सबैभन्दा प्रभावित मध्येको छैटौ नम्बरमा रहेको देश हो। हालसम्म अमेरिका, इटाली, स्पेन,चीन र जर्मनी कोरोना भाइरसका कारण अधिक प्रभावित हुनेमा परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।