काठमाडौं- कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरूको संख्या अन्य देशमा दिनानुदिन बढेसँगै चीन भने यसको नियन्त्रणमा धेरै हदसम्म सफल भएको छ। अहिले चीन कोरोनाबाट सबैभन्दा बढी प्रभावित हुने देशमध्ये चौथौं स्थानमा परेको छ।
इटालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार ४ सय २८ पुगेको छ। यसैगरी स्पेनमा कोरोना संक्रमणबाट ८ हजार ४ सय ६४ जनाको मृत्यु भइसकेको छ भने फ्रान्समा ३ हजार ५ सय २३ जनाको मृत्यु भएको छ।
यसैगरी चीनमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ९३ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।