काठमाडौं- कोरोना भाइरसबाट संक्रमित हुने देशहरूमा चीन चौथौं स्थानमा परेको छ। पहिलो स्थानमा अमेरिका‚ दोस्रोमा इटाली र तेस्रोमा स्पेन रहेका छन्।
अमेरिकामा संक्रमितको संख्या एक लाख ८९ हजार ६ सय ३३ रहेको छ भने इटालीमा १ लाख ५ हजार ७ सय ९२ रहेको छ।
त्यसैगरी स्पेनमा कोरोना भाइरसबाट ९५ हजार ९ सय २३ जना संक्रमित भएका छन् भने चीनमा कोरोना संक्रमितको संख्या ८२ हजार ३ सय ८ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।