काठमाडाैं- नेपाल एयरलाइन्सको वाइड बडी जहाज बुधबार (आज) अष्ट्रेलिया उड्दैछ। साँझ ५:३० बजे उडेकाे वाइड बडी ३३० जहाज मलेसियाको क्वालालम्पुर हुँदै अष्ट्रेलियाको ब्रिश्वेन पुग्ने नेपाल वायु सेवा निगमले जनाएको छ। जहाज भाेलि (बिहीबार)राति १०:१५ मा नेपाल आइ पुग्ने छ।
अष्ट्रेलिया एवं न्युजिल्याण्डका नागरीकहरुकाे उद्धारका लागि जहाजले उडान भर्न लागेकाे हाे। जहाजमा ६ जना चालक दलका सदस्यसहित २४ जनाको संचालन टाेली र २५० यात्रु हुनेछन्।
निगमको उड्डयन इतिहासमै पहिलो पटक वाइड बडी जहाजले लामो गन्तव्यको उडान भर्न लागेको हो। मलेसिया ट्रान्जिट हुँदै अष्ट्रेलियासम्मको यो उडान करिब १३ घण्टाको हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।