काठमाडौं–कर्मचारी सञ्चय कोषका नवनियुक्त अध्यक्ष रामशरण पुडासैनीले सपथ लिएका छन्। अर्थ मन्त्रालयका राजस्व सचिव पुडासैनीले अर्थमन्त्री डा युवराज खतिवडाबाट सपथ लिएका हुन्।
कोषका तत्कालीन अध्यक्ष शिशिरकुमार ढुंगाना अर्थसचिव भएसँगै उनले पद छाडेका थिए। त्यसयता रिक्त रहेको जिम्मेवारी पुडासैनीलाई दिइएको हो।
अर्थमन्त्री डा युवराज खतिवडाले आफ्नो दोस्रो कार्यकालको पहिलो निर्णय नै यही गरेका थिए। सञ्चय कोष ऐन २०१९ को व्यवस्थाअनुसार नेपाल सरकारले तोकेको व्यक्ति यसको अध्यक्ष हुन सक्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।