• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २९, २०८२ Tue, Jan 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

लकडाउनमा मोबाइल बैंकिङ दुई गुणाले बढ्यो, डिजिटल कारोबारमा उल्लेख्य सुधार

64x64
अरुण सापकोटा मंगलबार, चैत १८, २०७६  १६:०६
1140x725

काठमाडौं- सरकारले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि लकडाउन सुरु गरेपछि मोबाइल बैंकिङ दुई गुणाले बढेको छ। लक डाउनको पहिलो दिन मोबाइल बैंकिङ मार्फत २२ करोड ५७ लाख रुपैयाँको कारोबार भएको थियो। दोस्रो दिनमा यस्तो कारोबार बढेर एक अर्ब ६३ करोड रुपैयाँको भएको थियो।

लकडाउनको पहिलो दिन एक लाख ४८ हजारवटा कारोबार भएकोमा दोस्रो दिन एक लाख ५७ हजार वटा कारोबार भएको थियो। 

त्यस्तै तेस्रो दिन मोबाइल बैंकिङ मार्फत एक अर्ब २० करोड रुपैयाँको कारोबार भएको नेपाल बैंकर एसोसिएसनले जनाएको छ। पछिल्ला दिनमा एटिएम बुथ वा काउन्टरमा जानेभन्दा पनि मोबाइल बैंकिङ मार्फत कारोबार बढिरहेको एसोसिएसनका अध्यक्ष भुवन दाहालले जानकारी दिए। 

लकडाउन गरेको केही दिन एटिएमबाट पैसा झिक्ने क्रम बढे पनि पछिल्लो समय पैसा झिक्ने क्रम भने घटेको छ। लकडाउन भएको पहिलो दिन एटिएम मेसिनबाट ३३ हजार १ सय ३८ पटक पैसा झिकिएको थियो। तेस्रो दिनमा पुग्दा १९ हजार ७ सय ७३ पटकमा झरेको देखिन्छ।

पहिलो दिन ग्राहकहरुले २६ करोड चार लाख रुपैयाँ एटिएम मेसिनबाट झिकेका थिए। तेस्रो दिनमा कारोबार रकम नै घटेर १३ करोड रुपैयाँमा सिमित भएको थियो। 

पछिल्ला दिनमा एटिएम, मोबाइल बैंकिङ, ई-बैंकिङ सबै गरेर डिजिटल कारोबार २०/२५ हजारवटामा झरेको अध्यक्ष दाहाले जनाए। सामान्य अवस्थामा यस्तो कारोबार दुई लाखवटा भन्दा धेरै हुन्थ्यो। 

दाहाले भने‚ ‘मानिसहरुले अघिल्लो आइतबार नै आफूलाई चाहिनेजति पैसा झिकिसक्नु भएर पनि कारोबार धेरै घटेको हुन सक्छ। अहिले कर्फ्युजस्तै छ, लकडाउन छ, पुलिसले लाठ्ठी चार्ज गरिरहेका छन्‚ यसले गर्दा फाट्टफुट्टमात्रै कारोबार हुने गरेको छ। सानिमा बैंकको मात्रै एक सातामा जम्मा एक करोड रुपैयाँमात्रै पैसा घटेको छ।‘ 

उनले थपे‚ ‘एटिएमबाट पैसा झिकेर व्यापारीकोमा पुग्यो र व्यापारीले उक्त पैसा बैंकमा ल्याएर जम्मा गरेको पनि देखियो।‘ निक्षेप तथा पैसा झिक्ने गतिविधिमा खासै परिवर्तन नभएको उनले जानकारी दिए। 

Ncell 2
Ncell 2

बैंकहरुले खोलेका शाखा कार्यालयमा पनि दैनिक १५/२० वटा भन्दा बढी कारोबार नभएको अध्यक्ष दाहालले जानकारी दिए। सामान्य अवस्थामा ती शाखामा कम्तिमा पनि दुई-तीन सयवटा कारोबार हुन्थ्यो। 

तर राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठका अनुसार हरेक दिन एटिएमबाट पैसा झिक्ने क्रम बढिरहेको छ। केही एटिएममा पैसा सकिएर थप लोड गर्नु परेको छ।  

केही सरकारी बैंकको एटिएम बुथमा पैसा थप्नु परे पनि अधिकांश बैंकहरुलाई पैसा सकिएर थप राख्नुपर्ने अवस्था नरहेको दाहाल बताउँछन्। लकडाउन हुनुभन्दा अगाडि बैंकहरुलाई पैसाको व्यवस्थापन गर्न धेरै गाह्रो परे पनि त्यस पछिका दिनमा भने खासै समस्या नदेखिएको हो। 

त्यस्तै बैंकको काउन्टरमा पनि इमरजेन्सी सेवा लिनेहरु बाहेक अन्य व्यक्तिहरु नआएको दाहालले बताए। उनले भने‚ ‘पुलिसले बाहिर निस्कनेलाई रोकेकोले पनि होला बैंकमा आउनेको संख्या धेरै कम छ।‘   

यस अवधिमा दैनिक २०/२५ हजारवटा मात्रै कारोबार भएको देखिन्छ। यसमा पनि एटिएम, मोबाइल बैंकिङ, ई-बैंकिङसहित हो। सामान्य अवस्थामा दुई लाखभन्दा धेरैवटा कारोबार हुन्थ्यो। 

मोबाइल बैंकिङ तथा इलेक्ट्रोनिक बैंकिङ बढेको हुनाले एटिएमबाट पैसा झिक्ने क्रम घटेको हुनसक्ने बैंकरहरु बताउँछन्। आकस्मिक रुपमा बैंकिङ कारोबार गर्नु परेकाहरु, एलसी कारोबार, राहात कोषमा पैसा जम्मा गर्ने संघ संस्थाहरुमात्रै बैंकको काउन्टरमा पुग्ने गरेको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले जानकारी दिए।

राष्ट्रिय वाणिज्य बैंकबाट धेरै मात्रामा पैसा गइरहेको श्रेष्ठले बताउछन्। वाणिज्य बैंकले उपत्यकाभित्रको एटिएममा पैसा राख्न दुईवटा गाडिको व्यवस्था गरेको छ। कुनै पनि एटिएम खाली भएको सूचना आउनेबित्तिकै एटिएम मेसिनमा पैसा राख्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए।  

नेपाल राष्ट्र बैंक तथा बैंकर एसोसिएनसनले बैंकहरुलाई काउन्टरबाट भन्दा डिजिटल बैंकिङलाई प्राथमिकता दिन निर्देशन जारी गरेका थिए।  

लकिङ पिरियडको पहिलो तीन दिनमा भएको कारोबार
 

summary of transactions details from 24-26 March for your information –                      
                           
Medium Within Kathmandu Valley   Outside Kathmandu Valley
24-मार्च 25-मार्च 26-मार्च              
No of Txns Total Amt No of Txns Total Amt No of Txns Total Amt              
ATM Withdrawal          33,138        260,498,536          23,948           166,859,262          19,743           130,096,316              
Card Txns (at POS)            4,040          17,009,277            3,036             11,383,847            3,677             13,738,080              
Counter Deposit               857          96,937,301               614           122,399,084               615           266,959,199              
Counter Withdrawal            2,687        262,218,866            1,493           180,977,325            1,770           287,460,201              
Internet Banking            3,128          51,750,381            3,196        1,088,745,587            3,645           237,581,725              
Mobile Banking        148,358        224,758,535        157,228        1,633,998,610        192,247        1,203,778,819              
Other Counter Txns (Draft, TT, etc)                 61               917,696               289           804,620,980               567        1,011,490,235              
Grand Total        192,269        914,090,592        189,804        4,008,984,695        222,264        3,151,104,574              
                           
Medium Outside Kathmandu Valley              
24-मार्च 25-मार्च 26-मार्च              
No of Txns Total Amt No of Txns Total Amt No of Txns Total Amt              
ATM Withdrawal         38,353           331,590,379         20,942        158,395,177         17,571        125,162,181              
Card Txns (at POS)           1,201               4,611,980              803            2,574,503              812            2,848,705              
Counter Deposit           4,336           708,709,012           1,675        323,595,580           1,349        215,337,124              
Counter Withdrawal           8,350           891,891,951           2,728        340,600,992           2,004        424,402,299              
Internet Banking                
Mobile Banking              
Other Counter Txns (Draft, TT, etc)              208             92,356,886                98          39,447,207              147        206,857,493              
Grand Total         52,448        2,029,160,208         26,246        864,613,459         21,883        974,607,802              

 
लकिङ परियडमा सबैभन्दा धेरै मोबाइल बैंकिङ बढेको छ। मोबाइल बैंकिङ मार्फत रिचार्ज गर्न, विभिन्न बैंकहरुकमा पैसा पठाउन, इसेवा तथा अन्य भुक्तानी प्रणालीमा पैसा पठाउन सकिन्छ। यो घरमै बसेर गर्न सकिने भएकाले यस मार्फत हुने कारोबार बढेको हो। 

त्यस्तै इन्टरनेट बैंकिङ पनि बढिरहेको एनविएको तथ्याङकमा उल्लेख छ। यसले बैंकहरुमा उपस्थित नभई विभिन्न भुक्तानी तथा कारोबार गर्न सजिलो बनाएको हो। यो समय बैंकहरुका लागि डिजिटल बैंकिङ बढाउने सुवर्ण अवसर भएको नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह बताउँछन्।

अहिले लगभग सबैले स्मार्ट फोन चलाउछन्। स्मार्ट फोन चलाउन जान्नेले सानो कामको लागि बैंकमा पुगिरहनु पर्दैन। साथै बैंकका कर्मचारीहरु सानो कामका लागि अल्झिनु पनि पर्दैन।

प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  १६:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
वार्ता स्थलबाट प्रदीप पौडेलले भने- विशेष महाधिवेशनले कांग्रेसलाई अझ एकताबद्ध बनाउनेछ मंगलबार, पुस २९, २०८२
कांग्रेस विशेष महाधिवेशनः दोस्रो दिनको बन्द सत्र सुरु, निर्वाचन समिति भंग गरी नयाँ मंगलबार, पुस २९, २०८२
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो मंगलबार, पुस २९, २०८२
विशेष महाधिवेशन पक्षधर र संस्थापन समूहको वार्ता बालुवाटारमा जारी मंगलबार, पुस २९, २०८२
विशेष महाधिवेशन पक्षधर कांग्रेस कार्यसमिति बैठकमा नजाने मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
बालेन केपी ओलीसँग भिड्ने निश्चित, माघ ४ गते राजीनामा दिने सोमबार, पुस २८, २०८२
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता सोमबार, पुस २८, २०८२
देउवा निवासको छलफलपछि ज्ञानेन्द्र कार्कीले भने- पार्टी गम्भीर अवस्थामा छ सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्