• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

मेडिकल सामान खरिद अनियमिततामा प्रधानमन्त्रीकै सल्लाहकारको संलग्नता, ३ घन्टामै सम्झौता

64x64
उत्तम काप्री सोमबार, चैत १७, २०७६  १७:२५
1140x725

काठमाडौं- विवादमा आएको मेडिकल सामान खरिद प्रकरणमा जोडिएको ओम्नी बिजनेस कर्पोर‍ेट इन्टरनेसनल प्रालि (ओबिसिआई)सँग सरकारले तीन घण्टाको अवधिमा नै खरिद सम्झौता गरेको खुलेको छ। सामान खरिदको तयारी ३ महिना अगाडिबाटै गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लकडाउन भएपछि हतारमा ओबिसिआईसँग सामान खरिदका लागि सम्झौता गरेको थियो।

यसरी हतारमा सम्झौता हुनुमा कोरोना संक्रमण रोकथाम उच्चस्तरिय समिति, स्वास्थ्य मन्त्रालयको नेतृत्वसँगै प्रधानमन्त्री केपी ओलीको सल्लाहकार समूहका केही सदस्यको सक्रिय संलग्नता देखिएको छ।

जनवरी २३ मा नेपालमा पहिलो कोरोना संक्रमित भेटिएपछि कोरोना संक्रमण रोक्न आवश्यक मास्क, स्यानिटाइजरलगायतका मेडिकल सामानको अभाव भएको विषयमा छलफल भएको थियो। तर, सरकाले त्यसताका सामग्री खरिद गर्न कुनै चासो दिएको थिएन। 

विश्व स्थास्थ्य संगठनले नेपाल पनि कोरोना संक्रमणको उच्च जोखिममा रहेको मुलुक भन्दै रिर्पोट सार्वजनिक गरेपछि मेडिकल सामग्री खरिद गर्न सरकार केही तोतेको थियो। नेपालमा पहिलो संक्रमितको पहिचान भएको दुई सातापछि माघ २५ मा कोरोनाको उपचारका र जोखिम न्यूनीकरणका लागि भन्दै मेडिकल सामग्री खरिद प्रक्रिया थालनी भएको थियो। त्यतिबेला १९ मेडिकल व्यवसायीसँग मेडिकल सामग्री खरिदका लागि भन्दै कोटेसन मागिएको पनि थियो। तर प्रक्रिया थप अगाडि बढेन।

फागनु १९ मा प्रधानमन्त्री केपी ओली शर्मा दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनु अगाडि रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा कोरोना जोखिम न्यूनीकरणका लागि आवश्यक काम गर्ने सक्ने अधिकार दिँदै उच्चस्तरीय समिति गठन भयो। त्यही समिति गठन भएसँगै कोरोना संक्रमण रोक्न खरिद गरिने मेडिकल सामानमा सेटिङ शुरु भएको थियो।

समितिमा अधिकांश मन्त्री तथा नेपाल सरकारका मुख्य सचिवलाई समेत राखियो। समितिमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि थिए। समितिले आफ्नो काम सुरु गर्‍यो। तर, कामसँगै मेडिकल सामानका लागि व्यवासायीसँग मागेको कोटेसनमा भने स्वास्थ्यमन्त्री ढकाल र रक्षामन्त्री पोखरेलले कुनै काम अगाडि बढाएनन्। एकाएक चैत ६ मा सूचना खारेज गरियो।

यो पनि पढ्नुहोस्

कोरोनाको कहरमा पनि कमिसन चक्करशनिबार, चैत १५, २०७६

सरकारले कोरोना जोखिम न्यूनीकरणका लागि चैत ११ गते बिहान ६ बजेबाट लागू हुने गरी लकडाउनको घोषणा गर्‍यो। लकडाउनको घोषणासँगै मेकिडल सामान खरिदका लागि पहिलो भएको सूचना रद्द गरेको स्वास्थ्य सेवा विभागले ११ गते २४ घन्टाको समय दिँदै व्यवसायीलाई छलफलमा बोलाएको थियो।

विभागकै महानिर्देशकले आइतबारको मिडिया ब्रिफिङका क्रममा भनेअनुसार उक्त समयमा ६ वटा आयातकर्ता छलफलमा उपस्थित भएका थिए। तर उनीहरूलाई थप पक्रियामा सामेल गराइएन। छलफलमा सहभागीलाई थप ३ घन्टाको समय दिइएको थियो। तर ६ वटै आयातकर्तासँग औषधीको मूल्यको कोटेसन मागेर सरकारले ओबिसिआइलाई एकलौटी रुपमा ठेक्का दिएको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

औषधी खरिदका लागि माघ २५ मा माग गरेको कोटेसन रद्द भएका कारण र २४ घन्टाको सूचना प्रकाशन गरेर आएका २ कम्पनीमध्ये ओबिसिआइसँग सामान किन्नुको आधार अहिलेसम्म स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्न सकेको छैन।

सरकारले १ करोड ३ लाख ९० हजार ४ सय अमेरिकी डलर बराबरको औषधी तथा मेडिकल उपकरण खरिद गर्न एक कम्पनीसँग सम्झौता गरेको र सोहीअनुसार आइतबार नेपाल एयरलाइन्सको वाइडबडी जहाज चार्टरमार्फत् केही औषधी आएको मात्र बताउँदै आएको छ।

सरकारले आयातकर्ताहरूले प्रस्ताव नगरेकाले हतारमा निर्णय गर्नु परेको दाबी गरे पनि आयातकर्ताहरूको संगठनले नै सरकारले झुठो बोलेको भन्दै आवश्यक प्रमाण आफूहरूसँग रहेको बताइसकेको छ।

यो पनि पढ्नुहोस्

मेडिकल आपूर्ति संघले नै भन्यो- प्रतिष्पर्धा होइन, मिलेमतोमा गरियो मेडिकल सामाग्री खरिदआइतबार, चैत १६, २०७६

ओबिसिआईसँग सरकारले किनेको मेडिक सामग्री चीनका विभिन्न प्रान्तीय सरकार र व्यवासायीले अनुदानमा दिएका सामग्रीको मूल्यभन्दा १० देखि १५ गुणा महंगो छ। कोरोनाजस्तो महामारीमा पनि सरकारमा रहेकाहरू कमिसनमा लागेको भन्दै सर्वत्र आलोचना भइरहेको छ।

ओबिसिआइले दुई दिनमै कसरी सामान खरिद गर्‍यो? 
ओबिसिआई र सरकारबीच चैत १२ बेलुका मात्रै सम्झौता भएको देखिन्छ। सम्झौता लगत्तै स्वास्थ्य मन्त्रालयले जहाज चार्टरका लागि परराष्ट्र मन्त्रालयमार्फत् फास्ट ट्र्याकमा अनुमति माग्ने काम भएको छ। १३ गते  भारत, बंगलादेश, म्यानमार र चीनसँग उडान अनुमति माग्ने निर्णय भएको र १२ घन्टामै परराष्ट्र मन्त्रालयमार्फत् जहाज चीनको गोन्जाउ जान अनुमति लिइएको छ।

स्वास्थ्य सेवा विभागले नेपाल एयरलाइन्सलाई मार्च २७ गते सामान लिन जान तयारी हुन भनेको थियो। नेपाल एयरलाइन्समा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत् जानकारी भएको थियो। १५ गते साढे १२ बजे नेपाल एयरलाइन्सको वाइडबडी जहाजले औषधि तथा मेडिकल उपकरण लिन काठमाडौंबाट गोन्जाउको लागि उडान भरेको थियो। जुन समय दुई दिन मात्र समय रहेको देखिन्छ। दुई दिनमै उक्त कम्पनीले सामान खरिद गर्न सक्ने अवस्था देखिन्न।

यो पनि पढ्नुहोस्

चीनबाट ल्याएको सामानबारे मन्त्रालयको दाबी : 'ग्लोबल सर्टेज'ले केही महंगो भोआइतबार, चैत १६, २०७६

‘अझै रमाइलो विषय त आजसम्म मेडिकल सामान सप्लाई नै नगरेको कम्पनीले ३ घन्टामा कसरी औषधी तथा मेकिडल उपकरणको मूल्य सूची तयार पार्‍यो भन्ने हो,’ स्वास्थ्य मन्त्रालयका एक उपसचिवले भने, ‘सबै सेटिङको काम सक्दै चीनमा ओबिसिआईले केही सामान खरिद गरेपछि २४ घन्टे सूचना जारी भएको हो।’

चीनमा पनि लामो समयदेखि बजार बन्द थियो। खुल्न थालेको पनि केही दिन मात्रै भएको थियो। सामान खरिदका लागि विश्वभरका मेडिकल सामान सप्लायर लाइनमा नै थिए। तर, ओबिसिआईले दुई दिनमै सामान किन्न सक्ने आधार थिएन।

सरकारले उक्त चार्टर जहाजमा चीन सरकारले अनुदानमा दिएको सामान ल्याउने भनेको थियो। तर चीनको सिचुवान प्रान्त सरकारको सहयोग र अन्य चिनियाँ संस्था तथा कम्पनीले सहयोग गरेको सामान जहाज चार्टर गरेर ल्याउन लगिएको थिएन। 

यो पनि पढ्नुहोस्

कोरोना नियन्त्रणका सामान खरिदबारे स्वास्थ्य मन्त्रालयको विज्ञप्ति नै अस्पष्ट, सहमतिका आधारमा सामान किन्न लागेको स्वीकारशनिबार, चैत १५, २०७६

सरकारले मेडिकल सामग्री खरिदकै लागि सम्झौता गरेको कम्पनीको मेडिकल सामग्री ल्याउन जहाज चार्टर गरेको थियो। जुन विषय आइतबार बिहान नेपाल एयरलाइन्सले गोन्जाउबाट ल्याएसँगै सामानबाट पुष्टि पनि भइसकेको छ। जहाजमा अनुदानको मेडिकल सामग्री ३ दशमलव ०१ टन मात्रै थियो भने ओबिसिआईको झन्डै पौने १० टन सामान थियो।

‘१२ गते छलफलमा बोलाएर सम्झौता गर्ने बहाना मात्रै हो,’ स्वास्थ्य मन्त्रालयका एक उपसचिवले भने, ‘सरकारमा रहेका केही मन्त्री तथा मन्त्रालय र स्वास्थ्य सेवा विभागमा उच्च पदस्थ  कर्मचारीले ओबिसिआईलाई सम्झौता अगाडि नै 'हामी तिमीबाट सामान लिन्छौं। सामान खरिद गरेर संकलन गर्नू' भनेका थिए।’

छलफलमा सहभागी ६ कम्पनी कोको थिए? मूल्यको कोटेसन दिने दुई कम्पनीको कुन कुन हुन्? त्यसको विभाग र मन्त्रालयले सार्वजनिक नगर्नुले नै खरिद प्रक्रियाको साँठगाँठ देखाउँछ नै।

कसरी भएको थियो सेटिङ?
ओबिसिआईका युवराज शर्मा र प्रधानमन्त्रीका आइटी सल्लाहकार असगर अलीबीचको सम्बन्धले नै मेडिकल सामाग्री खरिदको प्रक्रियाले छोटो बाटो समातेको देखिएको छ। यी दुबैबीच प्रधानमन्त्रीको निवासमा बनाइएको डिजिटल वार रुमको कामका क्रममा सम्बन्ध जोडिएको थियो। ओबिसिआईले नै अलीको कम्पनीलाई वार रुमको सामान सप्लाई गरेको थियो। वार रुममासमेत आर्थिक अनियमितता भएको विवरण सार्वजनिक भइरहेका छन् नै।

नेपाल दूरसञ्चार प्राधिकरणले देशभरका स्कुलमा आइटी ल्याब स्थापनाको कामका लागि गरेको टेन्डरमा पनि आइटी सल्लाहकार अलीले नै ओबिसिआईसमेत सहभागी भएको जोयन्ट भेन्चरलाई काम मिलाउन भूमिका निभाएका थिए। आइटी ल्याबको काम समेत विवादमा छ।

आइटी ल्याबको ठेक्कापट्टामा आँखु इन्टरप्राइजेज प्राइभेट लिमिटेड, वर्ल्ड डिस्ट्रिब्युसन नेपाल, र ओबिसिआई, म्याक्स र नेपाल जेभी (ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल, म्याक्स इन्टरनेशनल र नेपा हिमा ट्रेड लिंक संयुक्त)को आवेदन परेको थियो। सबैभन्दा कम कबोल गरेको भन्दै ओबिसिआई, म्याक्स र नेपाल जेभीले ३ अर्ब ४८ करोड ११ लाख ८१ हजार ३ सय ९५ रुपैयाँ बराबरको लागत कबोल गर्दै ७ जुलाई २०१९ मा ठेक्का हात पारेको थियो। 

यो ठेक्का हात पार्ने कम्पनीलाई हिमालयन बैंकले ९ करोड रुपैयाँ बराबरको बैंक ग्यारेन्टी उपलब्ध गराएको छ। यसैगरी, ओबिसिआईले २०७४ सालको स्थानीय, प्रदेश तथा केन्द्रीय निर्वाचनको बेलामा निर्वाचनको आयोगको २४ करोडको ठेक्कामा पनि काम गरेको थियो। यसले ३ रुपैयाँमा छाप्न सकिने मतदाता परिचय पत्र छाप्ने काममा यसले मंहगोमा कार्ड छान्ने गरी सेटिङमा टेन्डर पारेको थियो।

ओबिसिआईको प्रतिनिधिसँग प्रधानमन्त्रीका राजनीतिक सल्लाकार विष्णु रिमालको पनि निकट सम्बन्ध देखिन्छ। अली र रिमालबीचको सम्बन्ध पुरानै हो। अलीको कम्पनीसँग रिमालको पारिवारिक सदस्य जोडिएका छन्।

को हुन त ओबिसिआईका मालिक?
ओबीसीआईको आधिकारिक वेब पेजमा तुलबहादुर सिंह (हरी) मुख्य व्यक्ति रहेको उल्लेख गरिएको छ। यसैगरी कम्पनीमा तुला हरी चियरपर्सन, केशबहादुर सिंह म्यानेजिङ डारेक्टर, पारस केसी जनरल म्यानेजर राखिएको छ।

यी व्यक्तिलाई अधिकांश नेपालका व्यवसायी तथा मेकिडल व्यसायीले चिन्दैनन्। तर, यो कम्पनीले देशभित्र तथा बाहिर आइटीसम्बन्धी काम भने गरेको छ। अहिले कसरी मेडिकल सामान सप्लाईमा आइपुग्यो यस क्षेत्रका व्यवसायी नै चकित छन्।

प्रकाशित मिति: सोमबार, चैत १७, २०७६  १७:२५
  • #Corona Virus
  • #अनियमितता

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
सुनको मूल्य सामान्य घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो। मंगलबार, भदौ ९, २०८३
अर्थमन्त्रीले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन बढी स्टार्टअपहरूसँग छलफल गर्ने बजेट कार्यान्वयन संवाद शृङ्खला अन्तर्गत अर्थ मन्त्रालयको आयोजनामा यो छलफल हुन लागेको हो। छलफल अर्थ मन्त्रालयको सभा हलमा बिहान ११ बजे... मंगलबार, भदौ ९, २०८३
बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्काशन गर्ने बेनी हाइड्रोपावर लिमिटेडले आगामी भदौ २२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
आकाशे पुलको प्रयोग गर्न अनुरोध गर्दा बानेश्वरमा महिला प्रहरीमाथि हातपात मंगलबार, भदौ ९, २०८३
दलभित्र विश्वास गुमाउने अनि अदालत जाने शैलीले कांग्रेसलाई न्याय गर्दैन : प्रवक्ता चालिसेको कटाक्ष मंगलबार, भदौ ९, २०८३
प्रधानमन्त्री बालेनलाई संसद्मा ११ सांसदले सोध्दैछन् प्रश्न, रास्वपाले कोटा नै घटायो मंगलबार, भदौ ९, २०८३
सेरिब्रल पाल्सी पीडित बालबालिकाको सहयोगार्थ नर्सिङ एसोसिएसन यूकेको च्यारिटी मंगलबार, भदौ ९, २०८३
१५औँ महाधिवेशन रोक्न देउवा पक्ष सर्वोच्चमा, भदौ ११ मा सुनुवाइ मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्