• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

आर्थिक प्याकेज : श्रमिकदेखि उद्योगीसम्म समेट्ने प्रयास, गाडी र सुन आयातमा कडाइ

64x64
सविन मिश्र आइतबार, चैत १६, २०७६  २२:२६
1140x725

काठमाडौं- सरकारले कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई राहत दिने गरी प्याकेज घोषणा गरेको छ। अर्थतन्त्रसँग प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा जोडिएका सम्पूर्ण क्षेत्रलाई समेट्ने गरी अर्थमन्त्री डा युवराज खतिवडाले प्याकेज घोषणा गरेका हुन्। 

आइतबार करिब ५ घण्टा बसेको मन्त्रिपरिषदको बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा सामान्य परिमार्जन गर्दै तत्कालीन् राहतको प्याकेज घोषणा गरेको छ। आइतबार अरान्ह ४ बजे सुरु भएको मन्त्रिपरिषद बैठक राति ९ बजे सकिएको थियो। 

सरकारले खाद्य व्यवस्था कम्पनी एवं साल्ट ट्रेडिङबाट बिक्री हुने खाद्य सामग्रीमा १० प्रतिशत छुटको घोषणा पनि गरेको छ। यसैगरी स्थानीय तहसँगको सहकार्यमा निजी क्षेत्रबाट समेत आपूर्ति व्यवस्थापन सहजताका लागि काम गर्ने पनि सरकारी घोषणामा उल्लेख गरिएको छ। 

सरकारले घोषणा गरेको आर्थिक प्याकेजलाई सरोकारवालाहरूले सकारात्मक रूपमा लिएका छन्। सरकारले केही समयअघि नै यस्ता प्याकेज ल्याउनुपर्ने भएपनि ढिलै भए पनि प्याकेज आउनु सकारात्मक भएको पूर्वअर्थमन्त्री समेत रहेका संघीय समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले ट्विटमार्फत् प्रतिक्रिया दिएका छन्। 

'ढिलै भएपनि सरकारले आर्थिक राहतको कार्यक्रम ल्याउनु सकारात्मक छ!लकडाउन२५ गतेसम्म थप्नु स्वाभाविक हो!आर्थिक प्याकेज चाहिं पर्याप्त नहोला।अझै परिमार्जन र विस्तार गर्नुपर्ला!स्थानीय तह मार्फत विपन्न परिवारलाई राहत वितरण गर्नु सही हो,तर श्रोत संघबाटै जानुपर्ला र प्रदेशलाई जोड्नुपर्ला!,' उनको ट्विटमा उल्लेख छ।

ढिलै भएपनि सरकारले आर्थिक राहतको कार्यक्रम ल्याउनु सकारात्मक छ!लकडाउन२५ गतेसम्म थप्नु स्वाभाविक हो!आर्थिक प्याकेज चाहिं पर्याप्त नहोला।अझै परिमार्जन र विस्तार गर्नुपर्ला!स्थानीय तह मार्फत विपन्न परिवारलाई राहत वितरण गर्नु सही हो,तर श्रोत संघबाटै जानुपर्ला र प्रदेशलाई जोड्नुपर्ला!

— नियमित हात धोऔं / Wash your hands ! (@brb1954) March 29, 2020

श्रमिकमैत्री प्याकेज
आइतबारको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेअनुसार अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई स्थानीय तहमार्फत लक डाउन अवधिभरका लागि खाद्य सामग्री पुग्ने गरी व्यवस्थापन गरिनेछ। त्यसका लागि उनीहरुले सम्बन्धित स्थानीय तहमा सम्पर्क गर्नुपर्नेछ। स्थानीय तहले लगत संकलन गरी उनीहरुलाई राहतस्वरूप खाद्यान्न दिनेछन्। सुरुमा नगद अनुदान वितरणको छलफल भए पनि दुरुपयोग हुने डरले सरकारले खाद्यान्न वितरणको निर्णय गरेको हो। 

प्याकेजअनुसार सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकको चैत महिनाको रकम सरकारले नै तिरिदिनेछ। यसअनुसार प्रतिष्ठान र श्रमिक दुवैको खर्च सरकारले व्यहोर्नेछ। पर्यटन उद्योगमा काम गर्ने श्रमिकलाई सम्बन्धित उद्योगले चैत महिनाको पूरा तलब दिनुपर्ने सरकारको निर्णयमा उल्लेख छ। 

nimb
nimb

सरकारले अनौपचारिक क्षेत्रमा कार्यरत मजदूरलाई एक महिनाको घरबहाल मिनाहका लागि घरधनीलाई आग्रह गर्ने निर्णय गरेको छ। घरधनीले घरबहाल छुट दिए त्यसको कर छुट हुने व्यवस्था मिलाउने पनि अर्थमन्त्री खतिवडाले घोषणा गरेका छन्। 

कोरोना रोकथामलाई थप बजेट, विद्युतमा छुट
कोरोना रोकथाम र नियन्त्रणका लागि चाहिने बजेट सरकारले थप बजेट दिने तथा क्वारेन्टाइनमा बसेकालाई खाना खर्च स्थानीय तह र प्रदेशले व्यहोर्ने निर्णय पनि संघीय सरकारले गरेको छ। त्यसका लागि उनीहरुसँग उपलब्ध स्रोतले अपुग भए संघीय सरकारसँग बजेट माग गर्न सक्ने व्यवस्था पनि गरिएको मन्त्री खतिवडाले जानकारी दिए।

सरकारले लक डाउन अवधिभर इन्टरनेट तथा फोनको शुल्कमा २५ प्रतिशत छुट दिन सम्पूर्ण सेवा प्रदायकलाई निर्देशन दिएको छ। विद्युत प्राधिकरणले १५० युनिटसम्मका गार्हस्थ ग्राहकलाई २५ प्रतिशत छुट दिने पनि प्याकेजमा ल्याइएको छ। उद्योगलाई भने प्रकृति हेरि ३० देखि ५० प्रतिशत छुट दिने घोषणा गरिएको छ। यसैगरी टेलिफोन, विद्युत र खानेपानीको महसुल २०७७ वैशाखसम्ममा भुक्तानी गर्दा बिलम्ब दस्तुर तिर्नु नपर्ने पनि घोषणा गरिएको छ। 

वैदेशिक रोजगारीमा जान नपाएकालाई स्थानीय रोजगार सेवा केन्द्रमा दर्ता गराउने र प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेश गराउने गरी प्याकेज ल्याइएको छ। यसले बेरोजगारीको समस्या केही हदसम्म सम्बोधन गर्ने सरकारको घोषणामा उल्लेख छ। 

विदेशी मुद्रामा चाप पर्न नदिने आयात नियन्त्रण
सरकारले सुन, सवारी साधन र मदिराको आयातमा सीमा कटौती तथा प्रतिबन्धको घोषणा गरेको छ। यसअघि वाणिज्य बैंकहरुले प्रत्येक दिन २० केजी सुन आयात गर्न सक्ने व्यवस्था रहेकोमा त्यसलाई घटाएर १० केजीमा सिमित गरिएको छ। 

यसैगरी ५० हजार अमेरिकी डलर (बिल मूल्य)भन्दा माथिका सवारी साधन आयातमा प्रतिबन्ध लगाइएको छ। यसअनुसार सम्पूर्ण कर जोड्दा अधिकतम सवा २ करोड रुपैयाँसम्मका सवारी साधन आयात मात्रै हुन पाउने छन्। यसैगरी मरिच, छोकडा, केराउको आयातमा प्रतिबन्ध लगाउने घोषणा पनि सरकारले गरेको छ। 

यसले विदेशी मुद्राको सञ्चितिमा पर्न सक्ने चाप न्यूनीकरणमा सहयोग पुग्ने अर्थ मन्त्रालयको विश्वास छ। 'हामीले सबै क्षेत्रलाई हेरेर यी कदमहरु चालेका छौँ, सरकारले कोरोनाबाट परेको तत्कालीन् प्रभावबाट अर्थतन्त्रलाई जोगाउन र श्रमिक तथा उद्योगीको मनोबल कमजोर हुन नदिन यो घोषणा गरिएको हो,' अर्थ मन्त्रालयका एक अधिकारीले भने। 

निजी क्षेत्रका लागि राहत प्याकेज 
अर्थमन्त्री खतिवडाले निजी क्षेत्रका लागि पनि सहुलियत प्याकेज अघि सारेका छन्। कर तिर्ने समय वृद्धिदेखि बैंकको ऋण तिर्ने अवधिसम्म बढाइएको छ। कोरोना नियन्त्रणका लागि विभिन्न सरकारले स्थापना गरेका कोषमा योगदान गरे त्यसलाई करयोग्य आयमा घटाउने सुविधा पनि दिइएको छ। 

सरकारले ल्याएको प्याकेजअनुसार व्यवसायीले चालु आर्थिक वर्षको दोस्रो चौमासिकको मूल्य अभिवृद्धि कर विवरण २०७७ वैशाख २५ गतेसम्ममा बुझाउन सक्नेछन्। यही चैत २५ गतेसम्म बुझाउनुपर्ने व्यवस्थालाई सरकारले एक महिना पर सारिदिएको हो।

यसैगरी आयकर ऐनको व्यवस्थाअनुसार प्रत्येक आर्थिक वर्षको चैत मसान्तमा उक्त आय वर्षको आयकरको दोस्रो किस्ता तिर्नुपर्ने व्यवस्थामा पनि सरकारले सहुलियत दिएको छ। यसअनुसार चालु आर्थिक वर्षको आयकरको दोस्रो किस्ता अर्थात ३० प्रतिशत रकम २०७७ वैशाख मसान्तसम्मा तिर्न सकिनेछ। 

त्यसका अलावा अर्थमन्त्र खतिवडाले प्याकेजको अन्तिम हरफमा निजी क्षेत्रमैत्री वाक्यसमेत राखेका छन्। त्यसमा भनिएको छ, 'उद्योगी, व्यवसायीलाई प्रवर्द्धन गर्न सरकारले समय-समयमा आफ्नो निर्णय लिने नै छ।'

सरकारले नेपाल राष्ट्र बैंकमार्फत ऋणको ब्याज तथा साँवा भुक्तानीको समय थप गर्ने घोषणा आइतबार साँझमा नै गरिसकेको छ। सरकारले अनिवार्य नगद मौज्दातसम्बन्धि यसअघिको व्यवस्थामा पनि केही सहजता ल्याएको छ। त्यसले तरलता प्रदान गर्न सहजता दिनेछ।  

स्रोत कहाँबाट व्यहोर्ने?
सरकारले आइतबार गरेको घोषणाबाट करिब ४० अर्ब रुपैयाँको दायित्व थप हुने अर्थ मन्त्रालयको आँकलन छ। अर्थ मन्त्रालयबाट गएको प्रस्ताव मन्त्रिपिषदबाट हेरफेर भएकाले यति नै दायित्व थप भयो भनेर भन्न सकिने अवस्था नरहेको अर्थका अधिकारीहरुले बताएका छन्। 

यद्यपि, अर्थमन्त्री खतिवडाले चालु आर्थिक वर्षको बजेट रकमान्तर तथा विदेशी अनुदान एवं सहुलियतपूर्ण ऋणको प्रयोग गरेर खर्च व्यवस्थापन गर्ने बताएका छन्। मन्त्री खतिवडाले विश्व बैंकबाट प्राप्त हुने सवा ३ अर्ब रुपैयाँ, अन्तर्राष्ट्रिय मुद्रा कोषबाट आउने १३ अर्ब ९ करोड तथा एसियाली विकास बैंकबाट प्राप्त हुने करिब ६ अर्ब रुपैयाँ यसैमा प्रयोग हुने बताए। 

प्रकाशित मिति: आइतबार, चैत १६, २०७६  २२:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा शुक्रबार, भदौ १२, २०८३
खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारले माग्यो सामग्री सहयोग, यस्तो छ अत्यावश्यक सामग्रीको सूचि शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी नदीमा फेरि बाढी, त्रिशूली नदी तटिय क्षेत्रमा सतर्क रहन अनुरोध शुक्रबार, भदौ १२, २०८३
केरुङमा हिमपहिरोको ‘थ्री डी’ तस्बिर सार्वजनिक, सडक–पुल र भवनमा व्यापक क्षति शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्