• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना संकटमा संघीयतामाथि प्रश्न

64x64
रमेश ज्ञवाली आइतबार, चैत १६, २०७६  ११:२०
1140x725

विश्व कोरोना भाइरसको महामारीले आक्रान्त भैरहँदा हाम्रो देशमा पनि संक्रमितहरुको संख्या क्रमशः बढ्न थालेको छ। यससँगै सरकारले चालेका कदमको चर्चा र आलोचना हुने नै भयो। यसै सन्दर्भमा लकडाउन भएपछि मजदूर र दैनिक ज्यालादारीहरुको सरकारले ख्याल नगरेको र बाहिरबाट देश र गाउँ पस्नेले रोग फैलाउन सक्ने तर त्यसको नियन्त्रणमा प्रभावकारी प्रयास नभएको भनेर व्यापक विरोध र असन्तुष्टि देखिए।

हो, चीनका साथै अन्य देशमा भाइरसको भयावह स्थिति हुँदा पनि केही महिना सरकारले कानमा तेल हालेर बसेकै हो। खुला सिमाना छाडा छोड्ने र सीमा जोडिएको देशमा खतराको घण्टी बज्दा पनि हाम्रोमा देखिएको छैन भन्दै चुपचाप बस्नु सरकारको ठूलो कमजोरी हो। साथै सम्भावित खतराबाट जोगिन आवश्यक औषधि उपचारको यथोचित जुगाड गरेको भए सायद अहिलेको जस्तो त्राही–त्राही हुने थिएन नै। तर, अब हामी विगतका कमजोरी उधिनेरभन्दा पनि अबका दिनमा कसरी समस्या न्यूनीकरण गर्ने भनेर ध्यान दिनु आवश्यक छ।

हामीले देशलाई संघीयताको कल्पना गर्दा सिंहदरबारको अधिकार सबै गाउँठाउँमा पुर्‍याउने भनेर गरेको हो अर्थात् दूरदराजका जनताले पनि आफ्नो अधिकार सहज रुपमा प्राप्त गर्न सकून् र जीवनयापन सजिलो होस्। एउटा सानो कामका लागि वा एउटा कागजको खोस्टो बनाउन वा प्रमाणित गर्न दश डाँडा काटेर दुनियाँलाई बिन्ति बिसाउँदै सिंहदरवार वा राजधानी आउन नपरोस्, आफ्नै गाउँठाउँका मान्छेलाई भोट दिएर उसबाटै शासित भएर सेवासुविधा लिन सकियोस्। जस्तै गुल्मीको कुनै एउटा गाउँको समस्या त्यही गाउँकै जनप्रतिनिधिले जसरी मिहिन ढंगले राजधानी वस्ने हाकिम साहेबले वुझ्न सक्लान् र?

जनतालाई तत्काल सेवा, सुविधा र राहत दिन परिकल्पना गरिएको यति मीठो संघीयता लागू भएको अवस्थामा पनि हामी कुनै गाउँमा सिटामोल नहुँदा वा पातलो दिसा लाग्दा पनि प्रधानमन्त्री केपी ओली वा स्वास्थ्य मन्त्रीलाई सरापेर बस्दैछौं। यसो गर्दा त्यत्रो दुःख गरेर ल्याएको संघीयतामाथि प्रश्न उठ्दैन र? 

अहिले हामीले प्रश्न उठाउने आफ्नै स्थानीय तह, त्यहाँका जनप्रतिनिधि, प्रदेशका सांसद र प्रदेशको सरकारलाई होइन र?  हेर्नुस् त हामीले भोट दिएर हाम्रो सेवा गर्न पठाएका आफ्नै गाउँ र क्षेत्रमा कति छन्? उनीहरुले हाम्रो सेवा गर्न तलबसमेत थापेका छन्। त्यस्ता प्रतिनिधि देशका प्रत्येक वडामा छन्। सरकारले लकडाउन गरेर विदेश वा देशका अन्य भागबाट त्यहाँ आउनेमाथि निगरानी गरौं भनेपछि गृहमन्त्री नै लाठी लिएर सबै गाउँ जाने हो र?

nimb
nimb
Ncell 2
Ncell 2

 गाउँपालिकाले हरेक वडामा प्रतिनिधि खटाएर लगत राख्नुपर्ने होइन? बाहिरबाट आउनेलाई घरमै आइसोलेसनमा बस्न लगाएर निगरानी गर्न सक्दैन? एउटा भैंसी बेच्दा वा एक मूठो सागमा कर लगाउन सक्ने स्थानीय सरकारले विदेशबाट आउनेको ज्वरो नाप्न चहिने एउटा थर्मोमिटर किन्न दुईसय खर्च गर्न स्वास्थ्यमन्त्रीको मुख ताक्न सुहाउने कुरा हो र?

सरकारले सबै प्रदेशलाई वार्षिक करोडौं रकम पठाउँछ, कसैलाई एक शव्द नसोधी आफैंलाई चिल्ला गाडी खरिद गर्न सक्ने मुख्यमन्त्री र अरु मन्त्रीहरुले आफ्नो क्षेत्रमा कति दैनिक ज्यालादारी मजदूर छन्, उनीहरुलार्इ अलिकति दाल चामल वितरण गर्न वा केही नगद दिन सक्दैनन्?  आखिर अहिले विकास किन भएन भनेर सोध्नेवाला छैनन् क्यारे। 

मुख्यमन्त्रीज्यूले प्रदेशको रकमबाट स्वास्थ्यकर्मीलाई चाहिने सुरक्षा, भेण्टिलेटरजस्ता मेडिकल सामग्री केही थान किन्न सकिदैन र? धेरै स्थानीय तहले त चर्को कर उठाएर रकम पोको पारेर पनि बसेका छन्।

प्रदेश र स्थानीय सरकारले त्यहाँ रहेका निजी स्वास्थ्य संस्थालाई उपचारमा कडीकडाउ गर्न सक्छन्,  गैरसरकारी संस्थाहरुलाई परिचालन गर्न सक्छन् साथै व्यापारीहरुको सहयोग लिएर विभिन्न राहतका कार्यक्रम पनि त चलाउन सक्छन्। त्यसैगरी राजधानीलगायतका ठाउँबाट फर्केका शिक्षित युवायुवतीलाई स्वयंसेवकको रुपमा खटाएर जिम्मेवारी दिँदा अहिले नाइँ म त गर्दिनँ कसैले नभन्ला? साथै प्रतिनिधि जुन दलको भए पनि प्रत्येक वडामा एउटा सर्वदलीय समिति बनाएर काम गर्दा हुँदैन? सायद यो बेला कसैले म त बस्दिनँ, म फलानो पार्टीको भन्ला र?

स्थानीय प्रतिनिधि, प्रदेश सांसद, मन्त्रीहरु तथा मुख्यमन्त्रीहरुले स्थानीयस्तरमा गर्न सक्ने धेरै काम छन्, जसका लागि प्रधानमन्त्री, स्वास्थ्यमन्त्री वा संघीय सरकारको मुख ताक्नु पर्दैन। जसबाट सर्वसाधारणको त भलाइ हुन्छ नै, ती प्रतिनिधिको पनि गुणगान अवश्य हुनेछ।  त्यतिमात्र होइन, यसले मूलतः संघीयताप्रति जनताको असन्तुष्टि पनि हटेर जानेछ। नत्र धेरैले सेतो हात्ती भनिरहेको यो प्रणालीमाथि नै संकट आइलाग्ने छ। 

हामीलाई चाहिएको बेला रमितेमात्र बन्ने हो भने देशको ढुकुटी सकेर यस्तो संस्था किन पालिरहने, त्यो पनि आफूले सकिनसकी कर तिरेर? त्यसैले प्रदेश र स्थानीय तहका प्रतिनिधिले आफ्नो  औचित्य आफैं पुष्टि गर्न ढिलो भइसक्यो है। आउनुहोस्, अब हामी सवै मिलेर यो संकटलाई पार लगाऔं र व्यवस्थालार्इ पनि सफल बनाऔं।
 

प्रकाशित मिति: आइतबार, चैत १६, २०७६  ११:२०
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रमेश ज्ञवाली
लेखकबाट थप
नभइसकेको डाक्टर साप
मालिक, अझै पनि पुगेन तपाईंलाई?
दाइ, अब तपाईं फर्किनुपर्छ !
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा कमाण्ड तथा स्टाफ कलेजको भ्रमण मंगलबार, भदौ २, २०८३
नेप्सेमा गिरावट कायमै, ५ अर्ब ७ करोडको कारोबार मंगलबार, भदौ २, २०८३
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, भदौ २, २०८३
कांग्रेस महाधिवेशनको प्रक्रिया आजबाट सुरु, गगन थापाले भने– ‘अब कार्यतालिका पछ्याउँछौँ’ मंगलबार, भदौ २, २०८३
मर्यादित बन्न सभामुखले निर्देशन दिएपछि आशिकाले गरिन् प्रतिनिधि सभा बैठक बहिस्कार मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्