एजेन्सी–भारतका कोरोना भाइरस संक्रमितको संख्या ६०६ पुगेको छ। संक्रमितमध्ये ५६३ जना भारतीय नागरिक र ४३ विदेशी रहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। संक्रमितमध्ये हालसम्म ४३ जना निको भएका छन् भने ११ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरस सबैभन्दा बढी महाराष्ट्रमा १२८ जनामा देखिएको छ। यस्तै, केरलामा १०९, कर्नाटकमा ४१, गुजरातमा ३८, उत्तर प्रदेशमा ३७, राजस्थानमा ३६, तेलंगनामा ३५, दिल्लीमा ३१, पन्जाबमा २९, हरियाणामा २८, तमिलनाडुमा १८, मध्यप्रदेशमा १४ र लद्धाखमा १३ जना छन्।
कोरोना रोक्न सरकारले २१ दिन लकडाउन गरेको छ। बस,रेल, हवाईसेवा बन्द गरिएको छ भने अत्यावश्यक सामानका पसलमात्र खोलिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।