काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको संक्रमण बढेसँगै मंगलबारबाट २१ दिनसम्म सम्पूर्ण देश लकडाउनको घोषणा गरे। संक्रमण फैलन नदिन यस्तो निर्णय गरिएको हो।
लकडाउनका कारण भारतीय अटो उद्योगले दैनिक २ हजार ३ सय करोड भारतीय रुपैयाँ नोक्सान बेहोर्नुपर्ने सोसाइटी अफ इण्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स (सायम)ले जनाएको छ।
यो नोक्सान सवारी तथा कम्पोनेन्ट उत्पादकहरूले बेहोर्ने द इकोनोमिक्स टाइम्सले लेखेको छ।
उत्तरी छिमेकी चीन कोरोनाबाट तङ्ग्रिदै गएको छ भने दक्षिणी छिमेकी भारतमा महामारी फैलँदै गएको छ। जसका कारण सरकारले मुलुक नै लकडाउन गरिसकेको छ।
सरकारले लकडाउन गरेलगत्तै सवारी तथा कम्पोनेन्ट उत्पादकहरूले दैनिक २३ सय करोड भारूभन्दा बढी नोक्सानी बेहोर्नुपर्ने सायमका प्रमुख राजन वाधरेले बिग्यप्ती मार्फत बताए छन्।
भारतका सबै ठूला सवारी उत्पादक मारूती सुजुकी, हुन्डाई, होन्डा, महिन्द्रा, टोयोटा, टाटा, किया, एमजी मोटरलगायतले अस्थायी रूपमा उत्पादन बन्दको घोषणा गरिसकेका छन्।
त्यस्तै दुई पांग्रे सवारी उत्पादक होरो मोटोकर्प, होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डिया, टिभिएस मोटर कम्पनी, बजाज अटो, यामाहा तथा सुजुकी मोटरसाइकलले समेत उत्पादन बन्द गरिसकेका छन्।
कोरोना भाइरसको संक्रमण फैलन थालेसँगै सवारी उत्पादकले मात्र नभई टायर तथा अन्य अटो कम्पोनेन्ट उत्पादकले समेत आफ्ना प्लान्ट बन्द गरि सकोका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।