काठमाडौं- सरकारले विभिन्न देशबाट नेपाल आएका नागरिकलाई उनीहरुकै देश फिर्ता गर्ने तयारी गरेको छ। कोरोना जोखिम न्यूनीकण उच्च स्तरीय समितिको बुधबार बसेको बैठकले देशका विभिन्न ठाउँमा रहेका विदेशी नागरिकलाई हवाई मार्गबाट उद्धार गरी त्रिभुवन अन्तर्राष्ट्रियविमानस्थल मार्फत विदेश फर्काउने तयारी थाल्ने निर्देशन दिएको छ।
समितिको बैठकले गृह मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वीकृतिमा नेपालका विभिन्न स्थानहरूमा रहेका विदेशी नागरिकहरूलाई हवाई उद्धार गरी काठमाडौं ल्याई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो देश फर्कन सहजीकरण गर्ने निर्णय गरेको छ।
यसरी ल्याइएका विदेशीहरूलाई विमानस्थलबाटै आफ्नो देश फर्कने उडानको समय नमिलेको अवस्थामा सो अवधिभर विमानस्थल नजिकको होटेलमा निजहरूकै खर्चमा क्वारेन्टाइनमा राख्ने समेत समितिले निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।