काठमाडौं- कोरोना जोखिम न्यूनीकरण उच्चस्तरीय समितिले विद्युत महशुलमा छुटको व्यवस्था मिलाउन निर्देशन दिने निर्णय गरेको छ।
समितिको बुधबार बसेको बैठकले इन्डक्सन चुल्हो प्रयोग गर्नका लागि प्रोत्साहन दिन अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाईं मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले समन्वय गरी विद्युत महशुल र भन्सार महशुल छूट दिने व्यवस्था मिलाउने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।