काठमाडौं- नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष व्यवसायी दिपक मल्होत्राले मास्क उत्पादन गरी वितरण सुरु गर्न थालेका छन्। सोमबार बेलुका मास्क उत्पादन मेसिन जडान गरी सोही दिन रातीबाट नै मास्क उत्पादन गर्न थालको मल्होत्राले बुधारबारबाट वितरण सुरु गरेका हुन्।
मल्होत्राले बुधबार स्वास्थ्य सेवा विभागलाई ५० हजार मेडिकल मास्क दिएका हुन्। मास्कको लागत मूल्य भने सरकारले तिर्नेछ। यसैगरी मल्होत्राले लागत मूल्यमाआफूलाई कुनै नाफा नराखी निजी अस्पतालहरुलाई पनि मास्क दिएका छन्।
मल्होत्राले मास्क उत्पादनका लागि मेसिन खरिद र कर्चापदार्थ आयातमा मात्रै १ करोड रुपैयाँ खर्च गरेका छन्। प्रतिमास्क उत्पादन खर्च नै ७ रुपैयाँ परेको उनको भनाइ छ। ललितपुरको साना गाउँमा मेसिन जोडेर मास्क उत्पादन गरेका मल्होत्राले ४० जनाभन्दा बढीलाई रोजगारी पनि दिएका छन्।
अहिले बजारमा मास्कको चरम अभाव छ। मेडिकल मास्कको अभाव सर्वसाधारणदेखि अस्पतालमा काम गर्नेले पनि कपडाको मास्क प्रयोग गरिरहेका छन्। मल्होत्राले सातामा ५ लाख मास्क उत्पादन गर्दै वितरण गर्ने जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।