काठमाडौं- काठमाडौं महानगरपालिकाले ५ थान जेट मेसिन र निजी क्षेत्रको ६ थान मेसिनबाट आजबाट किटनाशक औषधी छर्ने भएको छ। महानगरले आज कालिमाटी‚ हनुमानढोका‚ क्षेत्रपाटी‚ ठमेल‚ टेकु र तरकारी बजारमा औषधी छरिने र यो काम निरन्तर जारी रहने महानगरले जनाएको हो।
महानगरले लकडाउनका बावजुद पनि फोहोर भने नियमित उठाउने निर्णय गरेको छ। महानगरको बुधबार बसेको बैठकले फोहोर उठाउन नरोक्नेसहित चार निर्णय गरेको हो। कोही भोकै नराख्ने नीतिअनुसार बडा कार्यालय मार्फत राहत वितरण गर्ने निर्णय पनि गरेको छ।
यस्ता छन् महानगरका निर्णय:
१. फोहोर नियमित उठाइने। निजी क्षेत्रका फोहोर उठाउनेलाई पनि यथावत गराउने।
२. अत्यावश्यक सामाग्रीको सप्लाई समय तोकेर नियमित गराइने।
३. कालोबजारी माथी निगरानी र कारबाही गरिने।
४. कोही भोकै नराख्ने महानगरको नीतिअनुसार वडा कार्यालय मार्फत छिटो केही राहत दिने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।