काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले घरमै बसेर सरकार सञ्चालन गरेको बताउँदै नागरिकलाई घरमै बसेर काेराेना संक्रमणबाट बच्न अनुरोध गरेका छन्।
प्रधानमन्त्री ओलीले टुइटरमा लेख्दै घरमा बस्न नागरिकलाई अनुरोध गरेका हुन्। ‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु।’ प्रधानमन्त्री ओली लेख्छन्, ‘तपाईंहरु पनि घरमै बस्नुहोस्।’
सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्न मंगलबारदेखि लकडाउन सुरु गरेको छ। चैत १८ सम्मका लागि तोकिएको लकडाउनको अवधि थप एक साता बढाउने सरकारको तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।