रोग प्रतिरोधी क्षमता भनेको के हो?
देशको सुरक्षा गर्न जसरी सेनाप्रहरी परिचालन गरिएको हुन्छ । हाम्रो शरीरलाई बाहिरी संक्रमणबाट जोगाउनबाट रोक्न प्रहरी जस्तै तैनाथ भएर बसेको प्रणालीलाई रोग प्रतिरोधि प्रणाली भनिन्छ। यसले सकेसम्म शरीरमाम विषाणु छिर्न र रोग उत्पन्न हुनबाट रोक्छ।
मानौं, दुईजना व्यक्तिले उस्तै दुषित पानी पिए। एकजनालाई टाइफाइड भयो, अर्कोलाई भएन। यहाँनेर जसको रोग प्रतिरोधी क्षमता कमजोर छ, उसलाई टाइफाइड भएको हो।
के ले पार्छ रोग प्रतिरोधी क्षमता कमजोर ?
निद्राः निद्रा पुगेन भने रोग प्रतिरोधी क्षमता घट्छ। त्यसैले सात घन्टा राम्रोसँग सुत्नुपर्छ। स्वास्थ्यकर्मीको हकमा पनि जो रातदिन खटेका छन्, उनीहरु कोरोनाबाट प्रभावित बनेका छन्। हामी घरमा बसेका बेला धेरै टिभी हेर्ने र मोबाइल चलाउने गर्छाैं। त्यो खतरानक हो। निद्रामा सम्झौता गर्नुहुन्न। होम क्वारेन्टाइनमा भएको अवस्थामा दिनमा पनि आराम गर्नुहोस्।
चिन्ता र तनाव : सकेसम्म चिन्ता र तनाव नलिएको राम्रो । किनभने तनावबाट कर्टिसोल हर्मोन उत्पन्न हुन्छ। त्यसले रोग प्रतिरोध क्षमतालाई प्रभावित पार्छ । जसले संक्रमण गराउने वातावरण सिर्जना गर्छ।
धेरैको काम रोकिएको छ। त्यसले तनाव दिइरहेको हुन्छ । यसरी सोचौं, ज्यान जोगियो भने सवै कुरा ठीकठाक पार्न सक्छौं । त्यसैले अरु कुराहरुको तनाव नलिउँ। चिन्ता तनाव भइरहेको छ भने घरमै व्यायाम गरौं । योगा गरौं। खेल खेलौं । परिवारसँग कुरा गरौं।
अत्याधिक एक्सरसाइज : अत्याधिक शाररीक अभ्यासले पनि रोग प्रतिरोधी क्षमता कम गर्छ। रोग प्रतिरोधी क्षमता कायम राख्न एक्सरसाइज गर्न जरुरी हुन्छ। कम्तिमा ६–७ किलोमिटर वा १० हजार स्टेप हिँड्नुपर्छ।
के खाँदा रोग प्रतिरोधी क्षमता बढ्छ ?
हामीले फलफूल, सागसब्जी, दूध, गेडागुडी र दही खानुपर्छ। फलफूलमा अमिलो रस आउने फलहरु खाइयो भने भिटामिन सी बढी हुन्छ।
भिटामिन पर्याप्त मात्रामा खायौं भने भाइरसको संक्रमणबाट रोक्छ। ब्रोकाउलीदेखि हरियो सागसब्जी, ड्राइ फुड्स, गेडागुडी, अदुवा, बेसार, लसुन एन्टिइन्फक्सन क्षमता भएका मानिन्छन्। संक्रमणबाट लड्न अदुवा र लसुन अलिकति बढाउन समेत सुझाव दिइन्छ।
दूधमा पाइने खनिज, ल्याक्टोलबुनियम, सेलिनियम, जिंकले रोग प्रतिरोधी क्षमता बढाउँछर यसैगरी दहीमा ल्याक्टाबाल्सियम हुन्छ। जुन तत्व स्वास्थ्यका लागि लाभदायी हुन्छ।
धुम्रपान र मदिरापान गर्न मिल्दैन गर्नुहुँदैन। धुुम्रपान र मध्यपानको सेवन बढी गर्नेलाई कोरोनाको असर बढी देखिएको छ। यसैगरी रिफाइन चिनियुक्त कुराहरु कम खानुहुन्न।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।