काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले आपतकालीन अवस्थामा उडान अनुमति दिने निर्णय गरेको छ।
सरकारले कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न मार्च ३१ सम्म लकडाउन गरेसँगै सबै उडानहरू रद्द गरिएको थियो।
बुधबार प्राधिकरणले एक आपतकालीन सूचना जारी गर्दै अत्यावश्यक अवतरण‚ कार्गो‚ उद्धार तथा अन्य आपतकालीन उडान सञ्चालन गर्न सकिने भनी अनुमति दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।