काठमाडौं- कोरोना भाइरस संक्रमण देखिएपछि एक साताका लागि लगाइएको लकडाउनको उल्लघंन गर्दै मदिरा पसल खोल्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
चन्द्रगिरी नगरपालिका-१ दहचोकमा मदिरा पसल संचालन गर्दै आएका ३७ वर्षीय कविराज बख्तीलाई पक्राउ गरिएको हो।
अत्यावश्क सेवाबाहेक अन्य सेवा अनिवार्य रुपमा बन्द गर्नुपर्ने भनिएपनि उनले सो नियम उल्लघंन गरेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।