काठमाडौं- कोरोना संक्रमणलाई ध्यान दिँदै नेपाली सेनाले सैनिक जनसम्पर्क निर्देशनालयमा आगन्तुकलाई प्रवेश निषेध गरेको छ। जंगी अड्डास्थित जनसम्पर्क तथा सूचना निर्देशनालयले जनसम्पर्क कार्यालयमा प्रवेश निषेध गरेको जनाएको हो।
नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्नका लागि प्रवेश निषेध गरिएको बताए।
अर्को सूचना प्रकाशित नभएसम्म ब्यारेकमा प्रवेश निषेध गरिएको सेनाले जनाएको छ। कोरोना भाइरसलगायत अन्य गतिविधिका जानकारीहरु विज्ञप्तीमार्फत र टेलिफोनमार्फत नै जानकारी दिने भएकाले पत्रकारहरुलाई समेत जनसम्पर्क कार्यालयमा नगइदिन सेनाले आग्रह गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।