नयाँ दिल्ली- दिल्ली सरकारले निर्माण कार्यसँग जाेडिएका मजदुरहरुलाई ५ हजार भारतीय रुपैयाँ दिने भएकाे छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले काेराेना भाइरसका कारण मजदुरहरुकाे राेजीराटी गुमेकाे भन्दै निर्माण कार्यमा जाेडिएका मजदुरहरुलाई ५ हजार रुपैयाँका दरले रकम उपलब्ध गराउने बताएका हुन्।
मुख्यमन्त्रीले सोमबारबाट लकडाउन भएकाे दिल्लीमा अहिले कर्फ्यूको जस्तै अवस्था छ।
'म बुझ्न सक्छु तपाईंहरुले धेरै कष्ट भोग्नु पर्नेछ। हामी तपाईंको पीडा पूर्ण रूपमा हटाउन सक्दैनौं, तर हामी तपाईंको समस्याहरू कम गर्न सक्दो कोसिस गर्दैछौं,' मुख्यमन्त्री केजरीवालले भने, 'यो तपाईं सबैको जीवन बचाउन धेरै महत्वपूर्ण छ। यसैले यति धेरै कडा कदम चालिएकाे छ। म धेरै खुसी छु, धेरै व्यक्तिहरु आज एक अर्कालाई सहयोग गर्दै छन्। यो हाम्रो भारतको सबैभन्दा ठूलो शक्ति हो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।