• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख ३, २०८३ Thu, Apr 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोनाबारे जान्नुपर्ने ७ कुरा

चेतना दाहाल आइतबार, चैत ९, २०७६  १६:०३
1140x725

कोरोना भनेको भाइरसका परिवारमध्ये एकको नाम हो। अहिले देखिएको यो कोभिड-१९ पनि यही कोरोना भाइरस परिवारभित्र पर्छ। जुन चमेरामा पहिलेदेखि नै रहेको विभिन्न अध्ययनमा देखिएको छ। यो भाइरस चीनको वुहानमा पहिलोपटक मान्छेमा देखिएको थियो। यो संसारका १८८ देशमा फैलिसकेको छ। 

कसरी सर्छ, कसरी फैलिन्छ?
अहिले संसारभरी महामारी (प्यान्डेमिक)को रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड– १९ बाट करिब २ लाख ५० हजार जना संक्रमित भइसकेका छन्। हालसम्म १० हजार भन्दा बढीको ज्यान लिइसकेको छ। अहिलेसम्म यो भाइरस १७० वटा देशका साथै दुई अन्र्तराष्ट्रिय जहाज (डाइमण्ड प्रिन्सेस क्रुज सिप)मा समेत देखापरिसकेको छ। 

कोरोना भाइरस पहिलोपटक वुहानको सी फुड मार्केटबाट फैलिएको भएता पनि अहिले यो व्यक्ति–व्यक्तिबाट विभिन्न देशमा सर्दै गएका छ। विश्व स्वास्थ्य संगठन र हालसम्मका विभिन्न अध्ययन अनुसार यस भाइरस विशेषतः थुकबाट सर्ने मानिएको छ। जब कुनै संक्रमित मानिस बोल्दा, खोक्दा र हच्छिउँ गर्दा थुक मार्फत् अर्को स्वस्थ मान्छेमा सर्ने गर्दछ।

संक्रमित मानिसले कसैको नाक, आँखा र मुख अथवा शरिरको कुनैपनि भागमा छोयो भने पनि यो भाइरस सर्दछ। ‘नेशनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सन डिजिज’ले मार्च १७ मा प्रकाशन गरेको अध्ययन प्रतिवेदन अनुसार उक्त कोभिड-१९ भाइरस केही घण्टादेखि केही दिनसम्म जस्तो सुकै ठाउँमा पनि सक्रिय अवस्थामा रहन सक्दछ। उदाहरणको लागि कुनै स्प्रेमा तीन घण्टा, तामाको बस्तुमा ४ घण्टा, कारबोर्डमा २४ घण्टा तथा प्लास्टिक र स्टिलको बस्तुमा २ देखी ३ दिनसम्म रहनसक्दछ। 

हालसम्म विभिन्न स्रोतका अनुसार कोरोना भाइरसको ‘इन्क्युवेसन परियड’ (शरीरमा भाइरस भए पनि कुनै पनि लक्षण नदेखिने अवस्था) ५ देखी २१ दिनसम्म भनिएको छ। ‘इन्क्युबेसन पिरियड’ अथवा लक्षण नदेखिने अवस्था (असिम्पोमेटिक फेज) मा पनि यो रोग सर्ने गर्दछ। 

तथ्यांकमा कोरोना
यो रोग जुनसुकै वर्षका व्यक्तिलाई लाग्न सकेता पनि मध्यम आयुको वयस्क र वृद्धहरुमा भने बढी देखिएको छ। ‘चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन’ ले ११ फेब्रुअरीसम्मको केस र मृत्युहरुको अध्ययन गरेर प्रकाशन गरेको तथ्यांक अनुसार यो रोगको कारणले गर्दा विशेष बृद्धहरुमा मृत्युदरको संख्या बढी देखिएको छ।

९ वर्षसम्मको बालबालिकामा शून्य प्रतिशत, १० देखी १९ वर्षका उमेर समूहमा ०.२ प्रतिशत, २० देखि २९ वर्षका उमेर समूहमा ०.२ प्रतिशत, ३० देखि ३९ वर्षका उमेर समूहमा ०.२ प्रतिशत, ४० देखि ४९ वर्षको उमेर समूहमा ०.४ प्रतिशत, ५० देखि ५९ वर्षको उमेर समूहमा १.३ प्रतिशत, ६० देखि ६९ वर्षको उमेर समूहमा ३.६ प्रतिशत, ७० देखि ७९ वर्षको उमेर समुहमा ८ प्रतिशत र ८० वर्ष भन्दा माथिको उमेर समूहमा १४.८ प्रतिशतको मृत्युदर रहेको छ। 

त्यसैगरी चाइनिज सिडिसीले फेब्रुअरी १७ मा जर्नल अफ इपिडिमियोलोजीमा प्रकाशन गरेको प्रतिवेदनमा ७२ हजार ३१४ जनामा गरेको अध्ययनअनुसार ८१ प्रतिशतलाई माइल्ड अर्थात् सामान्य संक्रमण थियो। उनीहरुमा सामान्य रुघाखोकी मात्रै देखिएको थियो। १४ लाई निमोनिया र श्वासप्रस्वासमा समस्या देखिएको थियो। ५ प्रतिशतको भने गम्भीर अवस्था थियो। जसमा स्वासप्रस्वास बन्द हुने, हृदयाघात तथा विभिन्न अंग फेल हुने देखिएको थियो भने २ प्रतिशतको मृत्यु नै भएको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

त्यस्तै लक्षणहरुको कुरा गर्दा मार्च १२ मा इन्टरनेशनल जर्नल अफ इन्फेक्सन डिजिजमा प्रकाशन भएको अध्ययन जसमा ४६ हजार २४८ जनाको अध्ययन गरिएको थियो। जसअनुसार सबैभन्दा बढी देखिन  लक्षण भनेको ज्वरो आउनु हो। यो ८६ देखि ९६ प्रतिशत संक्रमितहरुमा देखा परेको थियो। त्यसपछि दोस्रो खोकी लाग्नु हो। उक्त अध्ययन अनुसार ५९ देखि ७६ प्रतिशत संक्रमितमा देखा परेको थियो। तेस्रोमा थकित हुनु हो। जुन ३८ देखि ६८ प्रतिशतमा भेटीएको थियो र चौथो भनेको श्वासप्रश्वासमा गाह्रो हुनु हो। जुन २१ देखि ४० प्रतिशतमा देखिएको थियो। 

कोरोना भाइरसको संक्रमितहरुमा उच्च रक्तचाप १४ देखि २२ प्रतिशतमा, सुगर ६ देखि ११ प्रतिशतमा, मुटु तथा रक्तसञ्चारमा समस्या ४ देखि ७ प्रतिशतमा र श्वासप्रश्वास सम्बन्धि रोग १ देखि ३ प्रतिशतमा देखिएको थियो। यसको गणना मात्रै नभएर भाइरस कस्तो दरले बढीरहेको छ भन्ने पनि अहिलेको प्रमुख चासोको विषय बनेको छ। यस भाइरसको फैलावट इटलीमा हरेक चार दिनमा दोब्बर भएको देखिन्छ भने स्पेन र अमेरिकामा हरेक तीन दिनमा दोब्बर भइरहेको छ। 

रोगको परीक्षण 
अहिले गणनामा देखिएको संख्या भनेको सबै संक्रमितहरुको संख्या नभएर थाहा भएको अथवा निस्चित गरेको संक्रमितको गणना मात्रै हो। त्यसैले अहिलेको अवस्थामा संक्रमित भएका तर परीक्षण नगरिएकाको संख्या धेरै हुन सक्ने अनुमान विश्व स्वास्थ्य संगठनले गरेको छ। त्यस्तो व्यक्तिबाट संक्रमण अझै फैलिनसक्ने कारणले गर्दा विश्व स्वास्थ्य संगठनले सकेसम्म बढी परीक्षण गर्नुपर्ने कुरामा जोड दिँदै आएको छ।

यकिन तथ्यांक आएमा यो रोगको बारेमा अझै बुझ्न सजिलो हुन्छ र रोकथामका लागि प्रमाणमा आधारित जनस्वास्थ्य उपायहरु प्रयोग गर्न मद्दत गर्छ।  दक्षिण कोरियामा भाइरस फैलिएपछि धेरै परीक्षण गरिएको थियो। जसमा प्रतिदिन १० हजार मानिसको परीक्षण गरिएको थियो भने जम्मा २ लाख ५९ हजारमा परीक्षण गरिएको थियो। यसमध्ये ८ हजारमा कोरोना भाइरसबाट संक्रमित भएको भेटिएको थियो। उनीहरुको तुरुन्तै क्वारेन्टाइनमा राखिएको थियो।

छिमेकी राष्ट्र भारतमा भने इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका अनुसार मार्च १३ सम्म कोरोना भाइरसको आशंकामा जम्मा ५ हजार ९०० जनामा परिक्षण गरिएको थियो। जसमध्ये ७८ जनामा संक्रमण भएको भेटिएको थियो। विश्वको दोस्रो ठूलो जनसंख्या १.३ अर्ब रहेको देशमा यतिको मात्रै परीक्षण हुनु भएको एकदमै कम संख्यामा हुनु हो। यसै कारणले गर्दा अहिलेसम्म भारतमा कमै मात्रामा संक्रमित भएको अनुमान गरिएको छ। यसले गर्दा धेरै संक्रमितहरु अझै पनि स्वतन्त्र रुपमा घर बाहिर हिँडडुल गरिरहेका छन् भन्ने अनुमान लगाउन सकिन्छ। 

नेपालमा कोरोना भाइरस
नेपालमा अहिलेसम्ममा जम्मा एक जनामा मात्रै कोरोना भाइरस देखा परेको छ। त्यो संक्रमितको पनि सामान्य क्वारेन्टाइनमा राखे पश्चात निको भइसकेको छ। नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १६ मार्चसम्ममा जम्मा ४ सय ७७ जनामा यो रोगको परीक्षण गरिएको छ। नेपालमा अहिले कोरोना भाइरसको संक्रमितको संख्या निकै कम देखिएको कारण थोरै मात्रामा परीक्षण भएको अनुमान गर्न सकिन्छ। साथै, फल्स नेगेटिभ रिजल्टको कारणले पनि हुनसक्छ। 

फल्स नेगेटिभ रिजल्ट भनेको सुरुको परिक्षणमा नकारात्मक नतिजा आउनु र पुनः दोहोर्‍याएर गर्दा सकारात्मक नतिजा आउनु हो। चीनमा गरिएको डिफिकल्ट इन फल्स नेगेटिभ डाइग्नोसिस अफ कोरोना डिजिज २०१९ को केस रिपोर्टको अध्ययन अनुसार पनि कोभिड– १९ बाट संक्रमितहरुमा फल्स नेगेटिभ आउनुको कारणहरु विभिन्न रहेको पाइन्छ।

पहिलो कारण भनेको रोग लागेको पहिलो अवस्थामा एकदमै कम भाइरसको संख्या (लो भाइरल लोड) रहेको हुन्छ। दोस्रो कारण भनेको श्वासपश्वास सम्बन्धि समस्या कम हुनाले रोगीको घाँटी र मुखमा थोरै भाइरसको संख्या हुनसक्छ। 

तेस्रो, कारण भनेको नमूना संकलनमा समस्या जस्तै नमूनाको मात्रा एकदमै कम हुनु। चौथो कारण भनेको नमूना तथा परीक्षण सामाग्रीलाई राम्रोसँग परीक्षण र ढुवानी गर्न नसक्नु हो। र, पाँचौं कारण भनेको परीक्षण प्राविधिक समस्या हुनु। 

डब्लुएचओले मार्च १५ मा प्रकाशन गरेको फ्याक्ट सिट फर हेल्थ केयर प्रोभाइर्डस अनुसार पनि माथि लेखिएको कारणले पनि फल्स नेगेटिभ आउन सक्ने र हरेक रोग र रोगीको वैज्ञानिक अवस्था अनुसार थप परीक्षण गर्न सल्लाह दिएको छ। त्यसका साथै डब्लुएचओको गाइड फर ल्याब्रोटरी टेस्टिङ अफ कोभिड–१९ मा पनि एउटा र थप नेगेटिभ रिजल्ट आउँदैमा कोरोना भाइरसको संक्रमणको सम्भावनालाई रुल आउट गर्न मिल्दैन भनेको छ। 

त्यसैगरी नेपालको जनसंख्याको जनसांख्यिक वितरण हेर्ने हो भने वयस्क र वृद्ध भन्दा युवा उमेरको जनसंख्या धेरै छ। र, यसको आधारमा हेर्ने हो भने पनि नेपाल अरु देशको तुलनामा कम संक्रमित र मृत्यु हुन सक्ने अनुमान लाउन सकिन्छ। चीनको जनसांख्यिक वितरण हेर्ने हो भने तुलनात्मक रुपमा त्यहाँ वयस्क र वृद्धको जनसंख्या नेपालको भन्दा बढी देखिन्छ। त्यस्तै अहिले १९ मार्चसम्ममा सवैभन्दा बढी कोरोना भाइरसको कारणले मृत्यु हुने संख्या भएको देश इटली संसारको दोस्रो ठूलो वृद्धको जनसंख्या भएको देश हो। 

नेपालको स्वास्थ्य तथ्यांक 
विश्व बैंक तथ्यांक अनुसार २०१७ सम्ममा प्रत्येक १० हजार नेपालीको लागि सात जना डाक्टर छन् भने २७ जना नर्स र तीन हस्पिटल बेड छन्। त्यसैगरी २०१५ मा प्रकाशन भएको ‘मर्थी इट अल’को अध्ययनको आधारमा प्रत्येक एक लाख नेपालीलाई १.६७ प्रतिशत आइसियू बेड छ। त्यसका साथै राम्रो सर्भाइलेन्स सिस्टमको कमी हुनाले रोगीहरुको सम्पर्कमा आएका मानिसहरुको ट्रयाकिङ गर्न अफ्ठ्यारो पनि छ।

यसका साथै प्रदुषण, खाना पकाउँ दाउराको प्रयोग, धुम्रपानको कारणले गर्दा पनि धेरै नेपाली जनसंख्या सिओपिडी, दम, क्षयरोग र अन्य स्वासप्रस्वास सम्बन्धि रोग पहिले नै हुनाले नागरिक अझ बढी यस रोगबाट सचेत हुनपर्ने देखिन्छ। त्यसैले नेपालको कमजोर स्वास्थ्य प्रणालीको आधारमा रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु राम्रो भन्न सकिन्छ। 

रोकथामका उपाय
आफू र अरुलाई बचाउने सबैभन्दा प्रभावकारी रोगथामको तरिका भनेको साबुन पानिले बारम्बार हात धुने, खोक्दा र हाच्छिउँ गर्दा कुहिना अथवा रुमालले मुख छोप्ने र मुख छोपेको रुमाल सकेसम्म परिर्वतन गरिहाल्ने अथवा सफा गरी राख्ने।  

यो रोग मुख्यतया थुकबाट सर्ने रोग हो। थुक एक मिटरसम्म फैलिने हुनाले दुई जनाको बीचमा कम्तिमा पनि एक मिटरको दूरी बनाउने। हातले संक्रमित ठाउँ छुनसक्ने हुनाले सकेसम्म बाहिर हिड्दा आँखा मुख र नाक नछुने। धेरै मान्छे हुने भीड, सभा, सम्मेलन र भोज जस्तो कार्यक्रम नगर्ने र नजाने। 

यसो गर्नाले आफूमात्रै सुरक्षित नभइ आफ्नो परिवार र अरुलाई पनि रोग फैलाउनबाट रोक्न सकिन्छ। ज्वोरो, खोकी र श्वासप्रस्वासमा अफ्ठ्यारो भए अथवा सञ्चो नभएको जस्तो भए घरै बस्ने र स्वास्थ्यकर्मीको सल्लाह लिइहाल्ने। मास्कको प्रयोगले अहिलेसम्म संक्रमण रोक्ने भन्ने तथ्यांक एकदमै कम भएको हुनाले विश्व स्वास्थ्य संगठन अनुसार मास्क बिरामी भएको अवस्थामा मात्रै प्रयोग गर्ने र मास्कको जथाभावी प्रयोगमा रोक ल्याउने भनेको छ। त्यसो गर्नाले बजारमा बिरामीको लागि र स्वास्थ्यकर्मीको लागि मास्कको कमी नहुन दिन सकिन्छ र मास्कको प्रयोग गरेपनि हरेकपटक मास्क फेर्ने र प्रयोग गरेको मास्क राम्ररी फाल्ने अथवा सफागरी राख्ने। 

प्रायः प्रयोगगरी राख्ने ठाउँ जस्तैः ढोका, बत्तिको स्विच, भर्‍याङको रेलिङ जस्ता ठाउँहरु बारम्बार सफागरी राख्ने। विश्व स्वास्थ्य संगठनका अनुसार काँचो मासु, दुधलाई संक्रमित हुन नदिन राम्रोसँग प्रयोग गर्ने र काँचो र राम्रोसँग नपाकेको मासु नखाने। 

सकेसम्म भरपर्दो स्रोत डब्लुएचओ, स्वास्थ्य मन्त्रालयबाट आएको खबरमा मात्र विश्वास गरौं र भरनपर्दो जस्तै अफवहा फैलाउने खालको समाचारको विश्वास नगरौं। यसकारण जनमानसमा त्रास कम हुनुको साथै भरपर्दो समाचार सबैले पाउने छन्। 

कोरोना भाइरसको बारेमा अरु कुरा
विभिन्न क्लिनिक ट्रायलहरु भएतापनि आजको दिनसम्ममा कोरोना भाइरसको उपचारको लागि औषधिहरु बनिसकेको छैन। कोरोना भाइरस सरुवा रोग भएको हुनाले एन्टिबाओटिकको प्रयोगले यो रोग निको हुँदैन। तरपनि संक्रमित व्यक्तिलाई अरु ब्याक्टेरियल इन्फेक्सन भए मा एन्टिबायोटिको प्रयोग गरिन्छ। 

लसुन, अदुआ र बेसार जस्ता खाना स्वास्थ्यको लागि राम्रो मानिएतापनि अहिले यस्को प्रयोगले कोरोना भाइरसबाट संक्रमण हुने सम्भावना कम हुन्छ भन्ने कुनै साइन्टिफिक प्रमाण छैन। 

कोरोना भाइरस को भ्याक्सिनको पहिलो फेजको ह्युमन ट्रायल सुरु भएको कुरा सबैको लागि खुसीको कुरा हो। तर यो भ्याक्सिनको सेफ्टी टेस्ट राम्रोसँग भए पनि यसलाई जनमाससम्म पुर्‍याउन आजैबाट १८ महिनासम्म लाग्ने कुरा भ्याक्सिन निर्माताहरुले भन्दै आएका छन्। 

कोरोना भाइरस लामखुट्टेको टोकाइबाट सर्ने कुरा आज सम्म कुनै पनि अध्ययन र अनुसन्धानले देखाएको छैन। अहिले सम्मको प्रमाण अनुसार कोरोनाभाइरस सबैखाले मौसममा हुन्छ। 

(जनस्वास्थ्यकर्मी दाहाल हेल्महोल्ट्ज एसोसिएसन अफ जर्मन रिसर्च सेन्टर जर्मनीमा एपिडिमियोलोजिस्ट हुन्।)

प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  १६:०३
  • #coronaupdate
  • #कोरोना_अपडेट

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान
काँग्रेसद्वारा आगामी निर्वाचन तयारीलाई केन्द्रमा राख्दै विभिन्न कार्यसमिति गठन
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान बुधबार, वैशाख २, २०८३
काँग्रेसद्वारा आगामी निर्वाचन तयारीलाई केन्द्रमा राख्दै विभिन्न कार्यसमिति गठन बुधबार, वैशाख २, २०८३
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति बुधबार, वैशाख २, २०८३
०६२ यताका उच्चपदस्थ कर्मचारी र राजनीतिक पदाधिकारीको सम्पत्ति जाँचबुझ गर्न आयोग गठन बुधबार, वैशाख २, २०८३
प्रधानमन्त्री बालेनद्वारा समानुपातिक सांसदहरूसँग छलफल बुधबार, वैशाख २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्णपाठ) मंगलबार, वैशाख १, २०८३
सरकारले आयोजना सम्पन्न नभएसम्म कर्मचारी सरुवा नगर्ने मंगलबार, वैशाख १, २०८३
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चद्वारा अस्वीकार बुधबार, वैशाख २, २०८३
काठमाडौँ उपत्यकामा रात्रि समयमा सार्वजनिक बस सञ्चालन सुरु मंगलबार, वैशाख १, २०८३
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति बुधबार, वैशाख २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्