• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
किन बढ्यो देउवासँग शशांकको दुरी?
64x64
लिलु डुम्रे बिहीबार, चैत ६, २०७६  १७:१८
1140x725

काठमाडौं- निर्वाचनमा पराजयलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवालाई चौतर्फी आलोचना हुँदा देउवाको रक्षाकवच बनेका थिए, महामन्त्री डा शशांक कोइराला। तीनै तहको निर्वाचनबाट पार्टी इतिहासकै कमजोर अवस्थामा पुगेको विश्लेषण भयो। ‘शर्मनाक’ हारको मुख्य जिम्मेवार सभापति देउवा भएको भन्दै उनको कार्यशैली र क्षमतामा अनेक प्रश्न उठे। तर सभापति देउवाको आलोचना महामन्त्री कोइरालले गरेनन् बरु बचाउमा महामन्त्री कोइरालाले भन्थे, ‘मैले पनि सभापतिको आलोचना गरें भने पार्टी कसरी बलियो हुन्छ? सभापतिलाई गाली गर्न मेरो पदीय भूमिकाले दिँदैन।’ 

१३औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट महामन्त्रीमा विजयी भएका कोइरालालाई आफ्नै समूहबाट आलोचना भयो। तर, उनले सहे। विगतमा सभापतिको विरोधमा अभिव्यक्ति नदिनुको कारण उनले पार्टीलाई थप क्षति हुनबाट बचाउनका लागि भएको कोइरालाको दाबी छ। गत शुक्रबार सभापतिलाई लेखेको पत्रमा उनी लेख्छन्, ‘आम निर्वाचनपछि पार्टीमा उत्पन्न विवादबाट पार्टीलाई थप क्षति नहोस् भनेर मैले धेरै साथीहरूको आलोचना सहँदै सभापतिज्यूलाई सहयोग गरेको हुँ।’

विगतमा देउवाको समर्थनमा खरो उत्रने कोइरालाले आफ्नो पुरानो लय छोडेका छन्। पछिल्लो समय देउवा इतरबाट चर्को विरोध गर्नेमा महामन्त्री कोइराला अग्रपङ्तिमा देखिएका छन्।

किन चिढिए कोइराला?
सभापति देउवाले गरेका पछिल्ला निर्णयकै आधारमा महामन्त्री कोइरालासँग देउवाको दुरी बढेको छ। विधान र पद्धति भन्दा बाहिर रहेर सभापतिको निर्णय गर्ने क्रम बढेको कोइराला निकट केन्द्रीय सदस्य बताउँछन्। 

केन्द्रीय समिति बैठक एकपक्षीय रुपमा सभापतिबाट बोलावट र देउवाले गरेका मनोनयनका कारणले पार्टीका शीर्ष दुई पदाधिकारीको सम्वन्ध चिसिएको छ। मंसिर २६ मा बोलाइएको केन्द्रीय समितिको बैठक बहिष्कारको नेतृत्व संस्थापन इतरबाट कोइरालाले गरे। महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने एकसूत्रीय माग उठाएको संस्थापनइतरले बहिष्कार गरे पनि पुस ११ मा संस्थापन पक्षले बहुमतको आधारमा निर्णय गर्‍यो।

महामन्त्री बिनाको बैठकले निर्णय गरेसँगै कोइराला र संस्थापनको विश्वासको संकट चुलियो। केन्द्रीय समितिमा महामन्त्री नै उपस्थित हुनुको दोष उनले देउवालाई दिन्छन्। ‘पार्टी भित्र विवाद बढ्दै जाँदा केन्द्रीय कार्यसमितिका पछिल्ला केही बैठकमा म पनि सहभागी हुन नसक्ने परिस्थिति निर्माण भएको छ,’ कोइराला भन्छन्। 

विधान विपरीतका विभाग गठनको प्रस्ताव, केन्द्रीय र आमन्त्रित सदस्य थपले विवादको पारो थप चढेको छ। विगतको विधानअनुसार महाधिवेशन भएको दुई महिनाभित्र विभाग गठन भइसक्नुपर्ने प्रावधान थियो। तर,सभापतिको नियमित कार्यकाल ४ वर्ष सकिएर कामचलाउ भइसकेपछि विभाग गठन गर्न थालेपछि संस्थापनइतरले उक्त निर्णयलाई अस्वीकार गर्दै आएको छ। 

कोइरालानिकट एक केन्द्रीय सदस्य भन्छन्, ‘औचित्यहीन विभाग गठनको कुनै अर्थ छैन।’ महाधिवेशन लक्षित गरी आफ्ना नेताको व्यवस्थापन गर्न महाधिवेशनको सम्मुखमा विभाग गठन गरिएको पौडेल पक्षको बुझाइ छ। ‘हामी विभागका प्रमुख चयन प्रक्रियामा सहभागी नभएपछि गठनको औचित्य छैन,’ ती नेता भन्छन्, ‘देउवासँग भएकैको व्यवस्थापन हुने हो, उनीहरूलाई जिम्मेवारी नदिएपनि ती देउवाकै हुन्।’

निकटलाई हटाएपछि दुरी बढ्यो 
महामन्त्री कोइराला निकटका व्यक्तिहरुलाई जिम्मेवारीबाट सभापति देउवाले हटाएपछि कोइरालाले त्यसको प्रतिवाद समेत गरेका छन्। नेपाली कांग्रेसको प्रवासस्थित भ्रातृ संस्था जनसम्पर्क समितिमा समेत कतिपय देशमा विवाद छ। तीमध्ये बेल्जियम जनसम्पर्क समितिको विवादले पार्टी केन्द्रमा समेत विवाद ल्याइदिएको थियो।

बेल्जियमस्थित जनसम्पर्क समितिको अध्यक्ष सीता सापकोटालाई पार्टी सभापतिले हटाएपछि कोइरालाले त्यसविरुद्ध प्रतिवाद गरे। गत सापकोटालाई हटाउने देउवाको पत्रलाई चुनौती दिँदै कोइरालाले सापकोटालाई सोही पदमा थमौती गरिदिए। 

नवलपरासी जिल्लाका कार्यबाहक सभापतिमा देउवाले आफू निकटका विष्णुप्रसाद पौडेल ल्याएपछि दुई शीर्ष नेताको सम्बन्धमा थप दरार पैदा भएको थियो। महामन्त्री कोइराला निकटका अर्जुन पोखरेललाई हटाएर देउवाले पौडेललाई कार्यवाहकको जिम्मेवारी दिएका थिए। 

सभापतिको उक्त निर्णयको विरुद्धमा महामन्त्री कोइरालाले आफ्नै निवासमा आफुपक्षीय नेताको बैठक डाके। फागुन २८ मा कोइरालाकै पहलमा पौडेल पक्षका नेताहरु केन्द्रीय कार्यालयमा भेला भए। महाधिवेशन प्रतिनिधि नभएको व्यक्ति कार्यवाहक जिल्ला सभापति हुन नसक्ने संस्थापन पक्षको प्रतिवाद गरे। सभापति देउवालाई विधानको स्मरण गराए। विधान धाराको व्याख्या गर्दै सभापतिलाई पत्रमा कोइराला लेख्छन्, ‘कार्यवाहक सभापति हुन नेपाली कांग्रेसको विधानको धारा १२ (५) ‘क’ १ बमोजिम १० वर्ष क्रियाशील सदस्य रहेको महाधिवेशन प्रतिनिधि भन्ने व्यवस्था आकर्षित हुँदैन। यो व्यवस्था जिल्ला सभापतिको उम्मेदवार हुनका लागि मात्रै हो।’

महाधिवेशन लक्षित कोइराला कदम
पार्टी १४ औं महाधिवेशन केन्द्रित भएसँगै कोइरालाको अभिव्यक्तिमा र व्यवहारमा बदलाव आएको धेरैको बुझाई छ। सभापतिले उपेक्षा गरेको महसुस भएर नै महामन्त्री देउवाको कार्यशैलीको विरोधमा उत्रिएको कोइराला निकटका नेताले बताए।

सभापति देउवाका निर्णयको विरुद्धमा कोइराला निवासमा संस्थापन इतरका नेताहरुको बैठकको क्रम समेत बाक्लिएको छ। कोइरालाको पछिल्लो सक्रियतामा आएको बढोत्तरीलाई महाधिवेशनसँग जोडेर हेरिएको छ।महाधिवेशनलाई मध्यनजरमा राखेर जिल्ला भ्रमण बढाउने तयारीलाई कोरोना भाइरसको प्रकोपले रोकिएको कोइराला पक्षका नेताले जानकारी दिए। गत महिना वीरगन्ज र हेटौंडामा पौडेल पक्षीय नेताको कार्यक्रममा सहभागी भएका उनले हाललाई जिल्लाका कार्यक्रम थाती राखेका छन्।

गत महिना नै कोइराला दुई पटक भारत भ्रमणमा निस्किएका थिए। ती दुई भ्रमण समेत महाधिवेशन केन्द्रित भएको आँकलन गरिएको छ। महाधिवेशनमा ‘धार्मिक स्वतन्त्रता’ को मुद्दा उठाउने तयारीमा रहेका कोइरालाले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथसँगको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ। त्यसो त गत वर्षको महासमिति बैठकमा हिन्दुराष्ट्रको पक्षमा ७ सय सदस्यले हस्ताक्षर समेत गरेर नेतृत्वलाई बुझाएका थिए।

आदित्यनाथसँगको भेटमा कोइरालाले महाधिवेशन र धार्मिक सन्दर्भमा छलफल नभएको दाबी गरेपनि उनी निकट नेताले पुरै नकार्न भने सकेनन्। बनारस भ्रमणमा समेत गएका कोइराला एक सेमिनारमा सहभागी भएका थिए। उक्त भ्रमणमा कांग्रेस समर्थित जनसम्पर्क समितिका नेता कार्यकर्तासँग कुराकानी भएको बताइएको छ। ती दुवै भ्रमणको पहलकदमी नेता डा मिनेन्द्र रिजालले गरेका छन्। बनारस भ्रमणमा क्रममा केन्द्रीय सदस्य रिजाल,चन्द्र भण्डारी,दिपक गिरि लगायतका नेता सम्मिलित थिए। कोइरालाको पक्षमा हाल सबैभन्दा निकट रिजाल देखिएका छन्।

१४औं महाधिवेशनमा सभापतिको उम्मेदवारको दाबेदार कोइराला देखिएका छन्। आफ्नो समूहमा सहमति पहिल्याउन सके सोही समूहका अन्य नेतालार्ई समेत सहयोग गर्नसक्ने कोइराला निकटका नेताहरु बताउँछन्। सांगठनिक क्षमता कमजोर रहेको आरोप लाग्ने गरेका कोइरालालाई पारिवारिक विरासतले कमजोर हुन नदिने कांग्रेसजनहरुको बुझाई छ।

प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६  १७:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
रुपन्देही ३ मा नाउपाका उम्मेदवारलाई समर्थन गर्ने संघीय लोकतान्त्रिक मोर्चाको निर्णय मंगलबार काठमाडौंमा बसेको मोर्चाको बैठकले रुपन्देही क्षेत्र न.३ को उपनिर्वाचनमा मोर्चाको संयुक्त उम्मेदवारको रुपमा नाउपा उम्मेदवारलाई... मंगलबार, असार २४, २०८२
छानबिन समितिको बैठक : तोकिएको समयअघि नै कार्यसम्पन्न गर्ने सभामुखको विश्वास मंगलबार संसद भवन नयाँ बानेश्वरमा बसेको विशेष समितिको पहिलो बैठकमा उपस्थित भइ सभामुख घिमिरेले क्षेत्राधिकारभित्र रहेर समयअवधिभित्रै प... मंगलबार, असार २४, २०८२
विपद प्रभावितलाई  तत्काल उद्धार र राहत सामग्री दिन सांसदहरुको माग प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले विपदको पूर्वतयारीलाई तिव्रता दिन, मौसमजन्य सूचना प्रणालीलाई थप व्यवस्थित गर... मंगलबार, असार २४, २०८२
ताजा समाचारसबै
गभर्नरविरूद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, अग्राधिकार प्रदान मंगलबार, असार २४, २०८२
रुपन्देही ३ मा नाउपाका उम्मेदवारलाई समर्थन गर्ने संघीय लोकतान्त्रिक मोर्चाको निर्णय मंगलबार, असार २४, २०८२
कर फर्छ्यौटसम्बन्धी मुद्दामा विशेषको फैसला सर्वोच्चले गर्‍यो बदर मंगलबार, असार २४, २०८२
रसुवा बाढी अपडेट : बेपत्ता हुनेको संख्या २० पुग्यो मंगलबार, असार २४, २०८२
छानबिन समितिको बैठक : तोकिएको समयअघि नै कार्यसम्पन्न गर्ने सभामुखको विश्वास मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्