• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस १८, २०८२ Fri, Jan 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नाम र राजधानीमै २ वर्ष रुमल्लिए प्रदेश

१ र ५ मा विवाद कायमै, २ मतदानमा बहुमतै पुगेन
64x64
वीरेन्द्र ओली मंगलबार, चैत ४, २०७६  १९:५६
1140x725

काठमाडौ- राजनीतिक दलहरूले ६ महिनाभित्रै सातै प्रदेशका राजधानी र नाम प्रदेशसभाका दुई तिहाई मतले प्रदेश आफैले टुंगो लगाउने घोषणा गरे। तर, दुई वर्ष पुगिसक्दा समेत प्रदेश २ र ५ ले अझसम्म नाम र राजधानी टुंगो लगाउन सकेका छैनन्। 

प्रदेश नम्बर २ को नाम र राजधानीको विषयमा मंगलबार मतदान भयो। प्रदेश राजधानी जनकपुर राख्न मतदान भएपनि नतिजा आइनसकेको सभामुख सरोज यादवले बताए। प्रदेश राजधानी जनकपुर हुनेमा लगभग सम्भावाना देखिएको छ। 

यस्तै, प्रदेश १ को नाम र प्रदेशमा नामका साथै राजधानीको विषयमा लामो समयदेखि दलका सांसद विभाजित हुँदा अनिर्णित बन्दै आएका छन्। तर, सुदुरपश्चिम, कर्णाली, गण्डकी र बाग्मतीले यसअघि नै प्रदेशको नाम र राजधानी टुंगो लगाई सकेका छन्। 

प्रदेश २ कहाँ अड्कियो?
प्रदेश २ को राजधानी जनकपुर राख्नेमा बहुमत पुग्ने देखिएको छ। सबै दलहरु राजधानी जनकपुर राख्ने सहमति नजिक भएकाले मंगलबार नै टुंगो लाग्ने भएपनि घोषणा भइनसकेको सभामुख यादवले नेपाल लाइभसँग बताए। 

तर, नामका विषयमा सत्तारुढ नेकपाले जनकी प्रदेश राख्नु पर्ने मत राख्दै आएको छ। त्यसमा पनि पूर्व एमाले समुहको जनकी प्रदेशको पक्षमा छ भने पूर्व माओवादी समूह भोजपुरा वा मिथिला जोडेर नाम राख्नु पर्ने छ। दलभित्र एउटै मत बनाउनुपर्ने भएपछि जानकी प्रदेश बनाउनुपर्ने पक्षमा नेकपा उभिएको हो। 

यस्तै प्रदेशको सत्तारुढ पार्टी राष्ट्रिय जनता पार्टी(राजपा) र समाजवादी पार्टीले मधेश प्रदेश राख्नु पर्ने अडानमा कायमै छन्। यस्तै नेपाली कांग्रेस मिथिला-भोजपुरा प्रदेश हुनु पर्ने अडानमा छ। तीन पक्ष तीनतिर फकिएपछि मंगलबार राजधानीको नाम अस्वीकृत भएको हो। 

मतदान अघि प्रदेशसभामा बोल्दै सांसद्हरू

नेकपाले राखेको जानकी प्रदेशको पक्षमा ३७ मत, मध्य-प्रदेशका पक्षमा ४६ मत र समाजवादी र राजपाको मधेस प्रदेशको प्रस्तावका पक्षमा भएको मतदान जारी रहेको यादवले बताए। तर, कांग्रेसले राखेको मिथिला-भोजपुरा प्रदेशको पक्षमा जम्मा २८ मत मात्रै परेको छ। प्रदेश सभामा १ सय ७ भएपनि नेकपा ३२, समाजवादी ३० राजपा २५ र कांग्रेस १९ मात्रै छ।

Ncell 2
Ncell 2

प्रदेशको नामका विषयमा कुनै पनि प्रस्तावमा बहुमत पुग्ने देखिएपछि शीर्ष नेताबीच नै सहमति गरेर टुंगो लाग्न सक्ने विकल्प अघि परेको देखिएको छ। यस्तो हुँदा प्रदेशमा सत्ता सञ्चालन गरी रहेको समाजवादी राजपा र नेकपाबीच सहमति हुने देखिएको छ। 

प्रदेशमा एकल रूपमा नेकपाको संख्या धेरै भएकाले भोलि सरकारबाट बाहिरन सक्ने अवस्थाबाट जोगिन समाजवादी र राजपाबीच सहमतिबाट प्रदेश नाम टुंगो लाग्ने देखिएको छ। तर, अहिलेसम्म प्रदेशको नामका सम्बन्धमा कुनै दलसँग सझदारी भएको छैन। 

प्रदेश ५ मा पनि किचलो
अहिलेको सबैभन्दा धेरै किचलो प्रदेशको नाम र राजधानी प्रदेश नम्बर ५ मा देखिएको छ। प्रदेशको नाम र राजधानीका विषयमा तत्काल छलफल चल्ने अवस्था नदेखिएको नेकपा प्रदेश सांसद इन्द्रजित थारुले बताए। ‘प्रदेशको नाम र राजधानीका सम्बन्धमा लामो समयसम्म छलफल गरियौं। सहमति जुट्न सकेको छैन,’थारुले भने, ‘यदि प्रदेशको नाम र राजधानी मतदानबाट टुंगो लगाउने अवस्था आएपनि कसैको पक्षमा बहुमत पुग्ने देखिदैन।’ शीर्ष नेताबीच सहमति गरेर प्रदेशको नाम र राजधानी टुंगो लगाउनुपर्ने हुन सक्ने थारूको भनाइ छ।

प्रदेशको नाम र राजधानीको विषय प्याकेजमा टुंगो लगाउने भन्दै लामो समयदेखि थाती राखिएको छ। जनताले राजधानीलाई प्रतिष्ठा बनाएपछि नेताहरूले भोट तान्ने रणनीति बनाएका छन्। बुटवल राजधानी हुनुपर्छ भन्दै नेकपा महासचिव विष्णु पौडेल र काग्रेस नेता बालकृष्ण खाँड चर्को रूपमा लबिङमा छन्। 

उता दाङ राजधानी बनाउनुपर्ने भन्दै मुख्यमन्त्री शंकर पोखरेल, आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसी, पूर्व सभामुख कृष्णबहादुर महरालगायत नेता अडानमा छन्। राजधानी आफ्नो क्षेत्रमा नपरेमा निर्वाचनमा असर पर्ने देखेपछि नेताहरू आफ्नो क्षेत्रमा राजधानी राख्न लबिङमा लागेका हुन्। 

राजधानी दाङ नभए बाँके र बर्दियाले कर्णाली प्रदेशमा जाने भन्दै आन्दोलन गर्ने चेतावनी दिइसकेका छन्। 

प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने प्रयोजनका लागि बनाएको विशेष समितिले गत २९ मंसिरमा प्रतिवेदन बुझाएको थियो। समितिले प्रदेश राजधानीका लागि बुटवल, दाङ, कपिलवस्तु र कोहलपुरका लागि सुझाव संकलन गरेको थियो। जस मध्येबाट सबैभन्दा धेरै सुझाव दाङ र बुटवलको पक्षमा आएको थियो। यस्तै प्रदेशको नामका सम्बन्धमा बुद्धभूमि, लुम्बिनी, स्वर्गद्वारी, मगरात, थरुहट प्रदेशमध्ये एक हुनु पर्ने सुझाव आएका थिए। प्रदेशको कुल ८६ नेकपा ६०, काग्रेस १९,समाजवादी ५,राजपा र जनमोर्चा १/१ मात्रै छ। 

प्रदेश १ को नाम कहिले?
प्रदेश १ को नामका विषयमा लामो समयदेखि दलहरूबीच विवाद चल्दै आएको छ। प्रदेशको नाम राख्ने विषयमा दलगत रुपमा विभाजन भएको छ। तत्कालीन एमाले कांग्रेस सगरमाथा वा सप्तकोशी प्रदेश हुनुपर्ने अडानमा छन्। तर तत्कालन माआवादी संघीय लिम्बुवान परिषद्को किराँत लिम्बुवान प्रदेश हुनु पर्ने अडान राख्दै आएका छन्। 

तर, मुख्यमन्त्री शेरधन राई आफैं राई समुदायको भएकाले आउने चुनावमा जातिगत भोट विभाजन हुने देखेपछि प्रदेशको राजधानी टुंगो लागे पनि नामको विषयलाई पछाडि धकेका थिए। प्रदेशको नाम टुंगो लगाउन एकपछि अर्को गर्दै दबाब बढ्दै जान थालेपछि समस्यामा परेका छन्। 

मंगलबार नेकपा संसदीय दलको वैठकमा प्रदेशको नामको विषयमा वैठक बसेपनि सहमति हुन नसकेको प्रदेशसभा सांसद उपेन्द्रप्रसाद घिमिरेले बताए। ‘नेकपाभित्रै प्रदेशको नामको विषयमा एक मत छैन। हाम्रो पार्टीमा एकमत बनाएपछि अरु पार्टीसँग छलफल गरेर प्रदेशको नाम टुंगो लगाउने छौं,’घिमिरेले भने, ‘प्रदेशको राजधानी सहमति टुंग्याए जस्तै नाममा पनि सर्वसम्मत रूपमा टुंगो लगाउने प्रयास गर्नेछौं।’

प्रदेश राजधानी विराटनगर २३ बैशाखमा मतदानबाटै टुंगो लागेको हो। संसदमा भएका ९३ मत मध्ये ८६ मत विराटगरको पक्षमा खसेको थियो। प्रदेश सभामा नेकपा ६७, कांग्रेस २१ संघीय समाजवादी फोरम ३ र संघीय लिम्बुवान परिषद र राप्रपाका १/१ जना छन्।

प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६  १९:५६
  • #pradesh2

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं प्रधानमन्त्री सुशीला कार्कीसहितको उपस्थितिमा बिहीबार सिंहदरबारमा भएको वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले सरकारले आइतबारसम... बिहीबार, पुस १७, २०८२
कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस पार्टीका केन्द्रीय सदस्य प्रेम बहादुर सिंहका अनुसार, प्रचण्डको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको हो । बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक विशेष महाधिवेशनका लागि भृकृटीमण्डपको हलसमेत बुक गरिएको उनले बताए । 'यसबीचमा विधानले गरेको व्यवस्था कार्यन्वयन गर्न कार्यवाहक सभापतिल... बिहीबार, पुस १७, २०८२
ताजा समाचारसबै
कांग्रेस महामन्त्री शर्मा भन्छन् : विशेष महाधिवेशन डाक्दैमा पार्टी फुट्दैन शुक्रबार, पुस १८, २०८२
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो शुक्रबार, पुस १८, २०८२
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
स्विट्जरल्याण्डको रिसोर्टमा आगलागी : मृतकको संख्या ४० पुग्यो शुक्रबार, पुस १८, २०८२
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै शुक्रबार, पुस १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
सुनसरीको लौकही बजार तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास बिहीबार, पुस १७, २०८२
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्