• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ २४, २०८३ Wed, Sep 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सम्पदा बिर्सिएको सहर : भवनमा पुरिएका हिटी, पसल बनेका सत्तल

64x64
ऋग्वेद शर्मा सोमबार, चैत ३, २०७६  १६:४०
1140x725

काठमाडौं- ‘चामल पाथीको दस रुपियाँ! दस रुपियाँ? अब पनि भात खाएर साध्य भयो त? कृषिप्रधान देशमा अन्नको यो अनिकाल।’

‘अँ, अन्नपूर्णाको दर्शन गर्न आएको, भाकल थियो। अरुभन्दा मलाई यिनै देवीको विश्वास लाग्छ। यी साक्षात देवी हुन्।’

‘देवी त देवी टुँडालदेवीको मूर्ति पनि झन्डै चोरिएको रे, कस्तो काल! हामी केही नचोरियोस् भनी देवता पुकार्छौं, देवता स्वयं चोरिन्छन् हेर न!!’

‘यहाँ यस्तै भीड हुन्छन् पर्यटक, यो काठमाडौं सहरको मुटु हो! असनको डबली, ऊ त्यो झ्यालको कला हेर्नोस् त! कस्तो लाग्यो?’

साहित्यकार भैरव अर्याल (विसं १९९३-२०३३) ले उहिल्यै ‘असनको डबली’ लेखेर त्यहिँबाट असन मात्रै होइन देश देखाएका थिए। माथिका चार हरफ उनैको हाँस्यब्यङ्ग्य निबन्धको अंश हो। 

त्यसमा असन वरपरको व्यापार, धर्म, कला र सम्पदाको चिनारीसँगै बिग्रँदै गएको सामाजिक परिवेशमाथि उनको व्यङ्ग्य देखिन्छ। अहिले भैरव भएका भए असनमाथि के लेख्दा हुन्? ठूलो भवनमुनि पुरिएका हिटी, पसलमा परिणत भएका सत्तल, सडकमुनि दबिएका मूर्ति र सम्पदा बिर्सिएका मान्छेको भीड।  

असन चोक स्थित अन्नपुर्ण मन्दिर पहिले र अहिले।

देखिने मन्दिर, त्यसका टुँडाल, मूर्ति र अन्य अवयव त सम्पदा हुँदै हुन्, त्यससँगै जोडिएका अमूर्त सम्पदाको लेखाजोखा त अझ कठीन विषय बनिसकेको छ। समाजले भुल्दै गएको संस्कृति र हराउँदै गएका मूर्त सम्पदाले कला बुझ्नेहरु चिन्तित देखिन थालेका छन्।   

फराकिला सडक, ठूला भवन, झिलमिले बत्तीमा अनेकौँ सामान सझाएर बेचिने पसलहरु। धेरैको दिमागमा बसेको विकासको यो छाप हेर्दा र भइरहेका कामहरुले हामीले के छाड्दै गयौँ भनेर सम्झन नसक्ने बनाइदिएको छ। हामी विकास भयो भनिरहेका छौँ तर भएका विकासलाई बिगार्दै गइरहेका छौँ। आफ्नै सभ्यता हराउँदै गइरहेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

हामी कसरी फेरियौँ भनेर खोज्न अहिले पनि असन नै गए पुग्छ। लिच्छवीकालमा नै गुलजार रहेको असन आर्थिक रुपमा मात्रै होइन सम्पदाका हिसाबले पनि समृद्ध थियो। आजपर्यन्त भेटिने पुराना सम्पदाका केही अवशेषले पनि त्यसलाई पुष्टि गर्छ नै। ती कतिपय त अहिले केही व्यक्तिको सम्झनामा मात्रै बाँकी छन्, न त तस्बिर न त अरु केही। 

केल टोलबाट असनतर्फको दृश्य सन् १९६२ मा र अहिले।

आकाशबाट खसेको भनिएको ‘असँ’ माछाको शिलामूर्तिबाटै त्यहाँको नाम असन रहन गयो भन्ने जनविश्वास अहिलेसम्म चलिआएको छ। त्यसै असँको कथा संस्कृतिविद् डा. जगमान गुरुङले ‘रचना’ को पूर्णाङ्क १३५ मा लेखिसकेका छन्, जनश्रुतिकै आधारमा। 

असन नामले अहिलेको असन टोल मात्र होइन पूर्वमा रानीपोखरी, दक्षिणमा भोटाहिटीदेखि महाबौद्ध, पश्चिममा न्हैकन्तलादेखि बाङ्गेमुडा, उत्तरमा त्यौड र त्यसभन्दा निकै परसम्मलाई जनाउने कुरा बुढापाका अझै सुनाउँछन्। 

असनको साँस्कृतिक, आर्थिक पक्षहरुसँग जोडिने एउटा महत्वपूर्ण विषय छ- भारतबाट ल्हासा र ल्हासाबाट भारत जाने व्यापारिक मार्गको प्रमुख स्थान। 

भारत र तिब्बतबीच आउजाउ गर्दा केन्द्रका रुपमा विकास भएको असनमा केही समय मानिसहरु बास बस्नैपर्ने अवस्था थियो। तराइमा मलेरियाको डर रहने हुनाले उपयुक्त समयमा पर्खाइमा यात्रुहरु असन वरपर बस्थे। हिमाली क्षेत्रबाट पारि जानका लागि पनि हिउँ पर्ने समयमा सम्भव थिएन। हिउँ छिचोलेर पारि जान उपयुक्त समय पर्खन आवश्यक थियो नै। त्यसैले बसाइँ लम्बिन्थ्यो।  

रत्नपार्कबाट भोटाहिटी हेर्दा सन् १९५८ मा र अहिले।

तर त्यसलाई मौसमको उपयुक्त समयको पखाईका लागि मात्रै यात्रुहरु काठमाडौं बस्थे बनेर बुझ्दा काठमाडौंमाथि अन्याय हुनेछ। हिन्दु र बौद्ध धर्मबारेको ज्ञानका साथै सम्पदा र सँस्कृतिको धरोहर रहेकाले पनि त्यसलाई बुझ्न मानिसहरु यहाँ रहन्थे। 

मल्लकाल भन्दा अघि नै थंबही (जसलाई अहिले ठमेलका नामले चिनिन्छ) बाट व्यापारका लागि सिंहसार्थ बाह पहिलोपटक ल्हासा गएका थिए। अहिले त त्यहाँका स्थानीय सिंहसार्थलाई देवताका रुपमा नै पूजा गरिरहेका हुन्छन्। 

गोपाल, महिसपाल, किरात, लिच्छवी काल हुँदै मल्लकालसम्म पुग्दा चाडपर्व जात्रासँगै बनेका सम्पदाहरु कालान्तरमा कति फेरिँदै गए कति हराएरै गए। साँस्कृतिक र धार्मिक ज्ञानको आदानप्रदान त्यो समयको व्यापारभन्दा महत्वपूर्ण थियो। एकले अर्काको संस्कृति बुझ्ने र चालचलनबारे ज्ञान राख्ने काम हुन्थ्यो। दुवै क्षेत्रबाट आउनेहरु असन वरपर नै बस्थे। 

पहिलो तस्बिर सन् १९०१ को भोटाहिटी, जहाँ काठको बोर्डमा पैसा साट्नका लागि मानिसहरु बसिरहेका छन्। तल्लाे तस्बिर असन गणेश मन्दिर सन् १९६७ मा र दायाँ तस्बिरमा सन् १९७६ ताका कृष्ण पाउरोटीको ट्राइसाइकल असनमा पार्क गरिँदै, मानिसहरु बिहानीपख घुमिरहने व्यापारीबाट पाउरोटी किन्दथे।

त्यसमा लिच्छवी राजा गुणकामदेवको सम्झना विशेषगरी हुन्छ। त्यससमयको कान्तिपुर सहरको विकासमा नयाँ स्वरुप उनैले सुरु गरेको बताइन्छ। कान्तिपुर सहरको स्थापना गुणकामदेवबाट भएको भनिएका ऐतिहासिक दस्तावेजहरु पनि भेटिन्छन्। 

गुणकामदेवले नै कान्तिपुर सहरको सुरक्षाका लागि वरपर आठ अजिमा थापना गरेका थिए। नेपाल भाषामा अजि भनेको हजुरआमा र मा भने आमा हो। अजिमाले आफ्ना सन्तानको रक्षा गर्छिन् भनेर वरपर आठ अजिमा थापना गरिएका थिए। जसमा नाइ अजिमा, कांग अजिमा, लुति अजिमा, साम्ह अजिमा, चन्द्रलाखु अजिमा, पासिको अजिमा, लुमारी अजिमा र फिबो अजिमा पर्छन्। 

सहर घेरेर खड्ग आकारमा स्थापना गरिएका आठ अजिमा, नक्सामा निलो चिन्ह लगाएका।

ती आठ अजिमामध्ये एउटा त आर्मी हेडक्वार्टर भित्र पर्‍यो जुन अहिले छ कि छैन भन्ने यकिन छैन। बाँकी ७ वटा अजिमामा भने अहिले पनि मानिसहरु पुग्न सक्छन्।

काठमाडौंको त्यस पुरानो सहरको पूर्वी सिमान अहिले रानीपोखरी रहेको छेउ थियो। सहर प्रवेशको मुख्य द्वार। विदेशी राजाहरुलाई स्वागत गर्नसमेत पहिले मल्ल राजाहरु त्यहीँसम्म आउँथे भनेर इतिहास खोतल्नेहरु बताउँछन्। 

जहाँ एउटा धार्मिक हिटी (ढुंगेधारा) थियो। त्यहाँबाट आउजाउ गर्ने मान्छेहरु नुहाएर मात्रै बस्तिमा पस्ने गर्थे। बस्तीमा पसेपछि पनि उनीहरु छुट्टै खानपानसहित १४ दिन बस्नुपर्ने हुन्थ्यो। उनीहरु अरुसँग घुलमिल हुन पाउँदैन थिए। त्यो स्वास्थ्यका दृष्टिकोणले भन्दा ज्यादा धार्मिक आस्थाका रुपमा प्रमुख थियो। तर त्यसको अन्य पक्षहरुको महत्व अहिले प्रस्ट हुँदै गइरहेकै छ। 

सहर प्रवेशसँगै हुने तीन चिज थिए- पहिलो त हिटी, अर्को सार्वजनिक बासस्थानको लागि सत्तल र अर्को थियो गणेश। 

झङ्गथकु हिटी पुरेर बनाइएको आरसिटी क्लबको पाँच तले पहेँलो भवन। त्यसको बायाँतर्फ छाना रहेको होचो पुरानो सत्तल।

सहर प्रवेशका लागि अहिले कमलाक्षीका रुपमा चिनिने मुख्य द्वारमा रहेको झङ्गथकु हिटी आरसिटी क्लबको पाँच तले भवनमुनि पुरिएको छ। नजिकैको सत्तल व्यापारिक प्रयोजनमा व्यक्तिको सम्पत्ती बनिसकेको छ। बाँकी रहेको गणेशको मूर्ति भने मन्दिरको क्षेत्र खुम्चिएरै भए पनि जीवित देखिन्छ। 

छेउमा रहेको गणेशको मन्दिर।

झङ्गथकु हिटी भएको स्थानमा कांग्रेस नेता गणेशमान सिंहले आफ्नो क्लबको भवन बनाउन सहयोग गरेको आरसिटी क्लबका महासचिव राजु शाही अहिलेसम्म गर्वले सुनाउँछन्। आरसिटी क्लबको फुटबल समर्थक रहेका गणेशमानको पहलमा झङ्गथकु हिटी मासिए पनि नजिकैको सत्तल कसरी व्यक्तिसम्म पुग्यो भन्ने कसैलाई थाहा छैन। सम्पदालाई माया गर्ने केही स्थानीय ती भवन कहिले जिर्णोद्वार होलान् र त्यसमा पुराना चिज भेटिएला भन्ने आशमा देखिन्छन्।

कमलाक्षीको झङ्गथकु हिटीबाट अलि अगाडि बढ्ने हो भने अहिले भोटाहिटी भनिने स्थान नजिकै पनि अर्को हिटी थियो। त्यहाँ मानदेवको नामाङ्कित ढुंगेधारो फेला परेकाले त्यो असन इलाका लिच्छविकालमा नै सम्पन्न थियो भन्ने गतिलो प्रमाण दिन्छ। 

ढुँगेधारामा पानी भर्दै गरिएको एक पुरानो तस्बिर (बायाँ), अहिलेसम्म जीवित रहेको एक ढुँगेधारा मरुहिटी (दायाँ)

भोटाहिटी, काठमाडौंको पुरानो नामहरु हेर्ने हो भने त्यसले केही गहन अर्थ पक्कै बोकेको छ। भाषामाथिको ‘भ्रष्टाचार’ले र भाषाको परिवर्तनशील गुणले स्वरुप फेरिँदै गए पनि अहिले पनि ती नामहरु मौलिक नामको वरपर नै देखिन्छन्। 

भोट तिब्बतका रुपमा बुझिन्थ्यो। भोटबाट आउजाउ गर्ने मान्छेले प्रयोग गर्ने धारा भएकाले त्यसलाई भोटाहिटी भन्ने गरिएको जनविश्वास छ। तर अहिले त्यही भोटाहिटीको हिटी भने अस्तित्वमा छैन। पैदल यात्रुलाई सडक वारपार गर्न बनाइएको ‘अण्डरग्राउण्ड’ खन्दा त्यहाँ हिटी भेटिएको थियो। तर त्यसको अस्तित्व अहिले देखिँदैन। जंगबहादुरकै पालामा सैनिक परेडका लागि टुँडिखेल बढाउँदा हिटी पुरिएको र ‘अण्डरग्राउण्ड’ बाटो बनाउँदा भेटिएर पनि संरक्षणमा नरहेको स्थानीय सुनाउँछन्। 

त्यसलाई पुरानै ठाउँमा फर्काउने पहल केही सम्पदालाई माया गर्नेभन्दा बाहिर पुगेको छैन। जे हराएको थियो त्यो हरायो। त्यसरी असन वरपरको पानीका ढुँगेधाराको लागि पानीको मूलस्रोत बुढानिलकण्ठबाट राजकुलो ल्याइएको थियो। राजकुलोमा पानी नसुकोस् भनेर नै पानीपोखरी, लैनचौरमा रहेको पोखरी, रानीपोखरी, इखापोखरी जस्ता पोखरीको महत्व ठूलो थियो। अहिले त कतिपय ती पोखरी र राजकुलो कथा बनिहाले। 

भोटाहिटीबाट अलिकति अगाडि बढेर १५ सय वर्ष अगाडिसम्म मुख्य मार्ग रहेको भनिने तुकेब मार्गबाट जाँदा अशोक चैत्य महाविहारमा पुगिन्छ। 

ईंटुमबहालमा रहेको एक चैत्य।

मौर्य राजा अशोकको दक्षिण एसियाको ठूलो क्षेत्रमा शासन थियो। त्यही समय अशोकसहित उनकी छोरी चारुमतीले नेपाल भ्रमण गरेका थिए। यसमा लिखित केही प्रमाण नरहे पनि केही सम्पदाको निर्माण र जनविश्वासका आधारमा भने त्यसको प्रमाण बलियो देखिन्छ। चाबहिलको चैत्य, चारुमति विहारसँगै अशोकसँग जोडिएर आउँछ अशोक चैत्य महाविहार। 

अहिले मोटरसाइकल पार्किङ स्थल झैँ बनेको महाविहार बौद्धधर्मसँग सम्बन्धित छ। यस्ता विहार बौद्ध ज्ञान प्राप्तिका लागि गुरुकुल हुन्। 

उपत्यकामा मात्रै ३ सय ५० यस्ता विहार महाविहार छन्। अहिले तिनीहरुको अवस्था पहिले जस्तो छैन। अहिले पनि पारीवारिक पूजाआजामा विहारसँग सम्बन्धितहरु भेला हुने र आजापूजा गर्ने गरे पनि त्यसको पुरानो शैली भने सहज बनाउने नाममा फेरिँदै गएको छ। चुडाकर्मका लागि र वार्षिक पूजाआजाका लागि भने अनिवार्य जस्तो नै छ। एक पूजारीले दिनमा एकपटक भए पनि नियमित पूजा भने गरिरहेका छन्। सिमेन्ट र ईंटका जोडहरुमा निर्माणको पुरानो तरिका भने छोपिँदै गएको देखिन्छ। 

विहारको तल्लो तलामा बुद्धको मूर्ति, दोस्रो तलामा दिक्षा लिएका मात्र जान पाउने आगम्छे। र माथिल्लो तलामा पूजारी बस्ने स्थान हुन्छन्। त्यस्ता कतिपय विहारका भाग अहिले व्यक्तिको घर नै बनिसके। 

अशोक चैत्य महाविहारबाट अगाडि जाँदा भेटिन्छ जरुँछे। जरुँछे उपत्यकाको पुरानो सभ्यता र सँस्कृतिसँग जोडिने महत्वपूर्ण सम्पदा स्थल हो। 

नेपाल भाषाका नाम ‘जरुँ’ पुरानो समयको पानी ट्याङकी हो। जो भित्री सहर प्रवेश द्वार नजिक रहेका हिटीबाट आफ्नो घरमा पानी लिएर आउँथे उनीहरु जरुँमा अलिकति पानी हालेर जान्थे। 

ढुँगाबाट बनाइएको जरुँ।

अहिले वर्षातको पानी संकलन र प्रयोग लगायत पानीका सम्बन्धमा विभिन्न काम गरिरहेका प्रकाश अमात्य सुनाउँछन्- ‘हिटीहरु अलि तल खाल्डो जस्तोमा सिढीँ बनाएर राखिएका हुन्थे। जहाँबाट पानी ल्याएर जरुँमा राख्नु यात्रुहरुको लागि सहयोग थियो। जरुँबाट पानी झर्ने सानो प्वाल बनाएको देखिन्छ। जसलाई बन्द गर्ने र खोल्ने सुविधा रहन्थ्यो।’ 

ढुँगाबाट बनाइने त्यस्ता जरुँमा पानी झर्ने प्वाल महिलाको स्तन आकारको बनाइएको देखिन्छ। जसको बालबच्चा भएका छैनन् उनीहरुले धाराबाट ल्याएको पानी त्यहाँ जम्मा गर्दा सन्तानलाई दूध खुवाएजस्तो पूण्य मिल्ने धार्मिक विश्वास पनि स्थानीयमा रहन्थ्यो। 

असन वरपर भेटिने हिटी, सत्तल, मन्दिर, विहारसँगै अर्को महत्वपूर्ण सम्पदा हो चैत्य। ढुँगाका आकर्षक त्यस्ता चैत्यहरु पनि अहिले धेरैको नजरमा पर्दैनन्, त्यसको महत्व बुझ्नु त परको कुरा बनिरहेको छ। धार्मिक साँस्कृतिक पक्षसँगै चैत्यका बारेमा मात्रै निकै लामा वैज्ञानिक आधारहरु जुटाउन सकिन्छन्। चैत्यको माथिल्लो भागमा हुने १३ तहको अर्थ, त्यसमा प्रयोग गरिने सामाग्री सबैको अध्ययन गर्ने हो भने त पुर्खाको शिल्पसँग इर्ष्या पनि लाग्दछ। 

चैत्यमा हुने अक्ष्यभ्यो बुद्ध पूर्व दिशामा फर्किएका हुन्छन्। भूमि स्पर्शमा मुद्रामा हुने बुद्धले ज्ञान प्राप्त गरेको समयमा धर्तीलाई साक्षी राखेको विश्वास छ। त्यसको पूर्व दिशाको मोहडाले यात्रुहरु आफू जानुपर्ने गन्तव्यको पहिचान गर्न सक्नु पनि बलियो पक्ष छँदैछ। विशेषतः परिवारमा निधन भएका कुनै सदस्यको सम्झनामा बनाइने त्यस्ता चैत्य हेरेर नै यात्रुहरु दिशा छुट्याउन सक्दथे। 

अहिले असन भनेर चिनिने मुख्य चोकमा मिसिएका विभिन्न बाटाहरु रहेकाले पनि कान्तिपुरको आर्थिक-साँस्कृतिक केन्द्र त्यही थियो। नुनदेखि सुनसम्म पाउने त्यही थलोमा छ अन्नपूर्णाको मन्दिर। त्यसको अगाडि छ कोथुननि धार्मिक महाविहार। 

घडी घरका रुपमा समेत चिनिने कोथुननी धार्मिक विहार।  

जहाँ मल्ल कालमा राजाहरुले विकास गरेको सबैभन्दा ठूलो व्यापारिक केन्द्र घडी घर अहिलेको सुपरमार्केट जस्तै ठूलो पसल थियो। नेवार समुदायको स्वामित्व रहेको उक्त घर पछि रणबहादुर शाहले अतिक्रमण गरेर ‘श्री ५ को वायु देवता गुठी’ बनाए। त्यही महाविहार अहिले व्यापारिक प्रयोजनमा कम्प्लेक्स बनाउन निजी कम्पनीलाई भाडामा दिने चलखेल पनि भइरहेका छन्। 

यो पनि पढ्नुहोस्

के दोस्रो ‘छायादेवी कम्प्लेक्स’ बन्दैछ असनको धार्मिक विहार?आइतबार, भदौ ८, २०७६

असन चोकको बीचमा उभिएर वरपर हेर्दा मात्रै पनि सम्पदाका अथाह खानी आँखाअघि देखिन्छन्। अन्नपूर्णा मन्दिर नजिकैको पार्टी अगाडि भोटसँगको व्यापारका बेला पैसा साट्नेहरु लहरै बसेका हुन्थे। 

त्यही अगाडि छ ठाउँको नाम नै असन रहन गएको ‘असँ’ माछाको शिलामूर्ति। मुख्य मूर्ति सडककै मुनि पुरिएको स्थानीय बताउँछन्। अहिले देखिने मूर्ति भने सडक सतहबाट निकै माथि उठेको छ। 

‘असँ’ माछाको शिलामूर्ति।

त्यसबाहेक पनि इन्द्रचोक, मरुटोल, ईंटुमबाहा वरपरका हरेक गल्ली, चोकहरुमा हिँडिरहँदा केही न केही सम्पदामा खुट्टा ठोक्किन सक्छन्। वेवास्तामा परेको आँखै अगाडिको ढुँगा मूर्ति हुनसक्छ। कुर्ता सुरुवाल बेचिरहेका पसलहरु सत्तल हुनसक्छन्। 

भेँडासिंहमा पैदल यात्रुले हरेक दिन कुल्चेर हिँड्ने स्ल्याबमुनि पुरिएको ‘भ्याय्चा द्य:’ त्यसैको अर्को उदाहरण हो। दुःख दिने भेडालाई तान्त्रिकले सिंघमा समातेर त्यहाँ पछारेर मारेको विश्वासमा पहिले त त्यो ठाउँको नाम नै भ्याय्चा द्य: थियो। मेलम्चीको लागि सडक खन्दा त्यहाँको मूर्ति फालिएको थियो। स्थानीयले भेटाएको मूर्ति पुनः क्षमापूजा गरेर त्यही स्थानमा राखेका थिए। तर त्यहाँ मूर्ति होला भन्ने अहिले हेर्नेले ठम्याउन सक्दैनन्। 

 भेँडासि‌हमा सडकमुनि परेकाे भ्याय्चा द्य:।

हराएका, बेचिएका ती सबै सम्पदाहरु पुनः जीवित बनाउन सकिएला त? सम्पदा संरक्षणमा लागिपरिरहेका स्थानीय आलोकसिद्धि तुलाधर सबैले चासो राख्ने हो भने सकिने विश्वास गर्छन्। ‘सबैले चासो राख्ने हो भने, सम्पदा संरक्षणमा काम गर्न खटिएकाहरु, उच्च पदासिन व्यक्तिहरु सबैले काम गर्दै जाने हो भने धेरै मात्रामा सकिन्छ। समय र कसरत चाहिँ निकै लाग्नेछ। तर समाजमा यो विषयमा सोच्ने मान्छेहरु निकै कम छन्’ उनले सुनाए। 

अन्तिममा एउटा फोसा,  
पहिले पहिले असनमा केही सामान किन्दा व्यापारीहरु एक टुक्रा नरिवल, मिस्री जस्तै केही खानेकुरा साना बालबालिकालाई फोसाका रुपमा सित्तैमा दिने गर्दथे। यहाँ फोसाका रुपमा गुरुमापाको एउटा लोककथा- 

गुरुमापाको मूर्ती।

काठमाडौंबाट भोटमा व्यापारका लागि गएका पहिलो व्यापारी भनिने सिंह सार्थ बाहका एक जेठान थिए केशचन्द्र। इंटुबहालका केशचन्द्र जुवाका खेल्नमा माहिर मानिन्थे। तर एकपटक उनले जुवामा आफ्नो सबै सम्पत्ती हारे। खाने कुराकै दुःख पर्न थाल्यो। त्यसैले उनी थमबहीमा बहिनीको घरमा खानका लागि जान थाले। बहिनीको घरमा खाना खान दिएको प्लेटसमेत जुवाको खालमा नै हारेपछि एकपटक बहिनीले उनलाई भुँइमा नै खान दिइन्। बहिनीको व्यबहारले चित्त दुखेर भुँइको खाना सबै रुमालमा पोको पार्दै केशचन्द्र जंगलतिर हिँडे। सहरमा कहिल्यै नफर्कने सोचका साथ।

भोकाएका केशचन्द्र खाना खानको लागि रुमालको पोको फुकाले, सबै खाना बासी भएर बिग्री सकेको थियो। त्यसैले उनले खाना फिजाएर घाममा सुकाउन थाले। आफू आराम गर्न लागे। जब उनी ब्युँझिए सुकाएको सबै खाना चराले खाँदै थिए। त्यसले उनी निकै दुःखी भए। उनी दुःखी भएको देखेर चराले खाएका खाना ओकलिदिए जुन सुनमा परिणत भयो। त्यतिका सुन उनी एक्लैले बोकेर सहरसम्म ल्याउन सक्ने अवस्था पनि थिएन।

ठीक त्यति नै बेला गुरुमापा उनी भएतिरै आइरुहेका देखे। केशचन्द्रले त्यो सुनको थुप्रो सहरसम्म पुर्‍याइदिए गुरुमापाको पनि खाने बस्ने ब्यवस्था उतै मिलाइदिने प्रस्ताव गरे। सहरका बाआमाले आफ्ना छोरा छोरीहरुलाई गाली गर्दै बोलाएमा ती बच्चाहरुलाई गुरुमापाले लैजान सक्ने बचन उनले दिएका थिए। नभन्दै गुरुमापाले सुन सहर पुर्‍याइदिए र उतै बस्न थाले। तर जब बाआमाले आफ्ना छोराछोरीहरुलाई गुरुमापा आएर तिमीलाई लगेर खान्छ भनेर तर्साउन थाले नभन्दै सहरबाट बच्चाहरु हराउन थाले। स्थानीयले त्यो कुरा थाहा पाएर गुरुमापालाई टोलमा राख्न नहुने निर्णय गरे। उनीहरुले गुरुमापालाई वार्षिक रुपमा मासु भात खुवाउने प्रतिबद्धता गरेर टुँडिखेलमा लगेर राखे। अहिलेसम्म पनि स्थानीयले वर्षको एकपटक गुरुमापाको लागि खानेकुरा लिएर रातमा टुँडिखेल जाने गर्दछन्। 

प्रकाशित मिति: सोमबार, चैत ३, २०७६  १६:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
रसुवा जोड्ने वैकल्पिक मार्गमा यात्रुलाई सास्ती राजमार्ग क्षतिग्रस्त बनेसँगै स्थानीय बासिन्दाले यातायात पहुँच कायम राख्न वैकल्पिक मार्ग निर्माण तथा सञ्चालनमा ल्याउने प्रयास गरिरहेक... बुधबार, भदौ २४, २०८३
जेनजी शहीद गोपालका बुबाआमाको कामना– गोपालहरू मर्नुपर्ने गरी फेरि कुनै आन्दोलन नहोस् आन्दोलनका क्रममा गोपालले ज्यान गुमाएको एक वर्ष पुग्न लाग्दा उनका ८३ वर्षीय बुबा धनपति सेढाईंको मनमा भने छोराको सम्झना अझै ताजा छ। छो... मंगलबार, भदौ २३, २०८३
भोटेकोशी बाढीमा दिवंगतप्रति श्रद्धाञ्जलीस्वरूप सामूहिक धार्मिक अनुष्ठान [तस्बिरहरु] बाढीबाट प्रभावित जनसमुदायको शीघ्र स्वास्थ्यलाभ तथा शोकसन्तप्त परिवारजनमा धैर्य र साहस प्राप्त होस् भन्ने पवित्र उद्देश्यले श्रीमद्भग... सोमबार, भदौ २२, २०८३
ताजा समाचारसबै
अन्नपूर्णको तेश्रो जित बुधबार, भदौ २४, २०८३
पब्जी मोबाईलको ग्लोबल ओपन च्याम्पियनसिप नेपालमा हुने बुधबार, भदौ २४, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो बुधबार, भदौ २४, २०८३
जेनजी आन्दोलनका घाइतेहरूको नाटक प्रदर्शन, घाइतेहरूको संघर्ष अझै जारी छ बुधबार, भदौ २४, २०८३
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
हयातको सानदार शतकसँगै नेपाललाई विशाल लक्ष्य मंगलबार, भदौ २३, २०८३
माइतीघरमा युवतीले गरिन् आत्मदाह प्रयास, उद्धार गरी ट्रमा सेन्टर पठाइयो मंगलबार, भदौ २३, २०८३
चिलिमे सुरुङमा उद्धारका लागि कुलमानलाई सेनाको बोलावट बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्