काेलम्बाे- श्रीलंकाको नागरिक उड्डयन प्राधिकरणले शनिबारदेखि तीन देशका यात्रुलाई प्रतिबन्ध लगाएको छ। प्राधिकरणका अनुसार दक्षिण कोरिया, इरान र इटालीबाट आउने यात्रुलाई श्रीलंका आउन प्रतिबन्ध लगाइएको हो।
कोरोना भाइरसको सङ्क्रम बढ्दै जान थालेपछि अनिश्चितकालका लागि ती देशका यात्रुलाई प्रतिबन्ध लगाएको अधिकारीको भनाइ छ। प्राधिकरणको आग्रहअनुसार सूचना विभागले सबै विमान कम्पनीहरुलाई ती देशबाट श्रीलंकामा यात्रु नल्याउन आग्रहसहित सूचित गरेको छ।
हालै ती देशको भ्रमण गरेका यात्रुहरुलाई पनि नल्याउनसमेत श्रीलंकाले आग्रह गरेको छ। यो प्रतिबन्ध सुरुमा झण्डै दुई हप्ता लागू हुने अधिकारीहरुले शुक्रबार बताएका छन्। श्रीलंकामा शुक्रबारसम्म दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने स्वास्थ्य मन्त्रालयले सङ्क्रमण फैलिन नदिन पर्याप्त तयारी गरिएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।