एजेन्सी- रुसी संसदले राष्ट्रपति भ्लादिमिर पुटिनलाई सन् २०३६ सम्मका लागि राष्ट्रपति रहन सक्नेगरी संविधान संशोधन गर्ने प्रस्तावलाई स्वीकृति दिएको छ।
रुसी संसद्को तल्लो सदनले बुधबार उक्त प्रस्ताव पारित गर्दै उनलाई सन् २०३६ सम्म राष्ट्रपति बन्न पाउने प्रस्तावलाई स्वीकृत गरेको हो। यो प्रस्तावको समर्थनमा ३ सय ८३ मत खसेको थियो भने विपक्षमा एक मत पनि खसेन।
यो प्रस्ताव पारित भएको केही समयपछि रुसको माथिल्लो सदनले पनि उक्त प्रस्ताव पारित गरेको थियो। रुसमा एक व्यक्ति बढीमा २ पटकसम्म मात्र राष्ट्रपति रहन मिल्ने व्यवस्था छ।सन् २०२४ मा उनको राष्ट्रपतीय कार्यकाल सकिँदैछ। यो प्रस्ताव पूर्ण रुपमा पारित भएमा सन् २०२४ मा फेरि राष्ट्रपतिका रुपमा पाँचौं कार्यकाल चलाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।