काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) मिर्गौला प्रत्यारोपणको १० दिनपछि प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज, प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालद्वारा जानकारी।
२) सरकारलाई जिटुजी प्रक्रियाबाट हुने सबै खरिद प्रक्रिया खारेज गर्न लेखा समितिका सदस्यहरुको सुझाव, अधिकांश खरिदमा आर्थिक हिनामिनाको विषय उठेकाले सबै खरिद प्रतिस्पर्धाबाट गर्नुपर्ने माग ।
३) विद्युत प्राधिकरणलाई आर्थिक क्षति हुने गरी निर्देशन नदिन संसदीय उपसमितिको प्रतिवेदन, तत्कालीन समय व्यवस्थापनमा रहेका व्यक्तिहरुमाथि छानबिनका लागि अख्तियारलाई निर्देशन दिन सुझाव ।
४) च्याम्पियन्स लिग र युरोपा लिगसहित युइएफएद्वारा सञ्चालन हुने सबै प्रतियोगिता स्थगित, इंग्लिस प्रिमियर लिगका खेलहरु रोकिए, आइपिएल १८ दिन पछि सारियो ।
५) र, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोकी पत्नी सोफी कोरोनाबाट संक्रमित, प्रधानमन्त्री ट्रुडो पनि क्वारेन्टाइनमा, अस्ट्रेलियाका गृहमन्त्रीलाई कोरोना संक्रमणपछि अस्पताल भर्ना गरियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।