काठमाडौं- भारतीय सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड-१९)को संक्रमणलाई ध्यानमा राख्दै अदालतको कामकारबाहीलाई सीमित गर्ने निर्णय गरेको छ।
एक सूचना जारी गर्दै अदालतले अत्यावश्यक विषयका सुनुवाइबाहेक अरुलाई रोक्ने निर्णय गरेको हो।
सुनुवाई कक्षमा वकिलका अलावा मुद्धासँग सम्बन्धित थोरै मानिसलाई मात्रै अनुमति दिने सूचनामा उल्लेख छ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश एसए बोब्डेले बिहीबार आफ्नै निवासमा अत्यावश्यकीय बैठक बोलाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।