फाइल तस्बिर
काठमाडौं–प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सरकारले जिटुजी मोडलमार्फत् गर्न लागेको सुरक्षण मुद्रण खरिद प्रकृया रोक्न र त्यसलाई ग्लोबल टेण्डरमार्फत् अगाडि बढाउन निर्देशन दिएको छ। शुक्रबार बसेको समितिको बैठकले सरकारलाई यो निर्देशन दिएको हो।
त्यस्तै खरिद प्रकृयामा भएको भनिएको अनियमितताबारे छानबिन गर्न पनि समितिले अख्तियारलाई निर्देशन दिएको छ। यी हुन लेखा समिति बैठकका निर्णयः
१.सुरक्षण मुद्रणसम्बन्धी सरकार–सरकार ९जिटुजी० प्रकृया रद्द गरी खुला प्रतिस्पर्धाबाट खरिद गर्न सरकारलाई निर्देशन दिने।
२. सेक्युरिटी प्रेस स्थापना सम्बन्धमा भएको आर्थिक अनियमितताबारे थप छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिने।
३. समग्र जिटुजी प्रकृयाको उपयोगिता र आवश्यकताबारे मुख्य सचिव, विभिन्न मन्त्रालयका सचिवहरुसँग छलफल गर्ने। जिटुजी प्रकृयामार्फत् हुने खरिद मोडललाई पुनव्र्याख्या गर्ने।
४. खरिद प्रकृयाको लागत अनुमान ९कस्ट स्पेसिफिकेसन० तयार पार्ने प्रकृयासम्बन्धी अध्ययन र छलफल गर्ने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।