काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उपाध्यक्ष बामदेव गौतम, वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरुले भेट गरेका छ्न। प्रचण्डनिवास खुमलटारमा नेताहरुबीच भेटवार्ता भएको हो। प्रचण्डलाई भेट्न नेताहरु बिहान ७ बजे खुमलटार पुगेका थिए।
भेटमा पछिल्लो राजनीतिक घटनाक्रम तथा उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजानेलगायतका विषयमा छलफल भएको प्रचण्ड सचिवालय स्रोतले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।