काठमाडौं– पूर्वमन्त्री पूर्णकुमार शेर्मा (लिम्बु)को निधनमा नेपाली कांग्रेसले तीन दिनसम्म पार्टी केन्द्रीय कार्यालय र जिल्ला पार्टी कार्यालयमा पार्टी झण्डा आधा झुकाउने भएको छ।
कांग्रेसका पूर्व केन्द्रीय सदस्य लिम्बुको बुधबार काठमाडौंमा निधन भएको थियो। पाँचथरका पूर्वसांसद लिम्बु स्थानीय विकासमन्त्रीसमेत भएका थिए। ७७ वर्षको उमेरमा निधन भएका लिम्बुको शोकमा कांग्रेसले आइतबार केन्द्र तथा जिल्ला कार्यालयहरु बन्द गर्ने भएको छ।
१३ औं दिनमा केन्द्र र सबै जिल्लामा श्रद्धाञ्जली कार्यक्रम राखिने कांग्रेसले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।